महिला शिक्षामा जोड दिनुपर्ने



काठमाडौँ, १० फागुन । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले आगामी दिनमा सरकारले महिला शिक्षामा विशेष जोड दिनुपर्ने बताउनुभएको छ ।

डिल्लीबजार कन्या बहुमुखी क्याम्पसको ३७औँ वार्षिकोत्सवका अवसरमा उहाँले समान अवसरका लागि महिला शिक्षामा जोड दिनुपर्ने बताउनुभएको हो ।

क्याम्पस प्रमुख अपराजित अर्यालले ३७ वर्षदेखि क्याम्पसको आफ्नो भवन नहुँदा आशानुरुप प्रगति गर्न नसकेकाले सम्बन्धित निकायलाई सहयोग गर्न आग्रह गर्नुभयो ।

प्रा हरिहर घिमिरेले समान अवसरका लागि वा आफ्नो अधिकार सुनिश्चित गर्नका लागि महिला सशक्त रुपमा आफैँ लागिपर्नुपर्ने औँल्याउनुभयो ।

सो अवसरमा यसै वर्ष विद्यावारिधि गर्नुभएका सोही क्याम्पसका प्रा डा रशराज अधिकारी, प्रा डा इन्द्रबहादुर थापा, प्रा डा प्रदीप पराजुली र प्रा डा सुरेन्द्र मिश्रलाई सम्मानसमेत गरिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्