महिलाहरु उद्यमशील बन्न उत्साही



काभ्रे, फागुन,१० ।

उग्रतार जनागाल गाविसका महिलाहरुले उद्यमशीलता तालिम पाए संगै उद्यमशिल बन्नको लागि उत्साहि भएका छन् । तालिमले सफल उद्यमी बन्न अभिप्रेरित गरेको भन्दै उनिहरुले तालिममा पाएको सिफ र शिक्षालाई व्यवहारमा उतार्ने जनाएका छन् ।

दिगो उद्यम तथा सामाजिक केन्द्रको आयोजनामा सञ्चालन भएको महिलाहरुका लागि सात दिने उद्यमशिलता तालिम र एकदिने लैंगिक तथा सामाजिक समावेशीकरण तालिमले यहाँका महिलाहरु व्यवसायतर्फ उन्मुख हुन अभिप्रेरित भएका हुन् । महिलाहरुलाई उद्यमशिलता तालिम दिन घरेलु तथा साना उद्योग कार्यालय, जिल्ला विकास समिति र लघु उद्योग विकास कार्यक्रमले त्रिपक्षिय सहयोग गरेका थिए ।

तालिममा यहाका महिलाहरुलाई व्यवसायको अवधारणा, अवसरको पहिचान, प्रतिस्पर्धि वजारीकरण तथा व्यवसाय छनौट गर्ने तरिका सिकाईएको प्रशिक्षक गिता पुरकोटीले बताउनु भएको छ । तालिममा उत्पादकत्व अभिवृद्धि गर्ने तरिका, लागत तथा विक्रिमुल्य र व्यवसायीकरण सम्बन्धि पनि ज्ञान दिइएको प्रशिक्षक पुरकोटी बताउनुहुन्छ ।

यस गाविसमा दिगो उद्यम तथा सामाजिक विकास केन्द्रले प्रथम चरणको कार्यक्रम अन्तर्गत गाविस स्तरिय अभिमुखिकरण, सामाजिक नक्साङकन र स्रोत सर्भेक्षण गरिसकेको थियो । यहा दोस्रो चरणको कार्यक्रम अन्तर्गत उद्यमशिलता विकास गराउने उदेश्यले व्यवसाय सचेतना तथा व्यवसाय शुरुवात तालिम दिएको केन्द्रकी प्रशिक्षक संगिता महतराजले बताउनु भएको छ ।

‘तालिमले महिलाहरुलाई सफल उद्यमी बन्न अभिप्रेरित गरेको छ’ तालिममा सहभागि ज्ञानु केसिले भन्नुभयो– हामिहरु सिप सिकेर उद्यमशिल बन्नको लागि अभिप्रेरित भएका छौं । गाउ घरमा आर्थिक विकास गर्न उद्यमशिलता तालिम दिउ र उद्यमी बनौ भन्दै सहभागिहरुले नारिलाई अपहेलना नगरि व्यवसायीक बनाएर देश विकासमा योगदान दिन सबैले सहयोग पु¥याउनु पर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्