समाचारपत्रकर्मी शर्मालाई पितृशोक



काठमाडौं, (नेस)
नेपाल समाचारपत्रकर्मी दुर्गाप्रसाद शर्मालाई पितृशोक परेको छ।
पर्वतको आर्थर डाँडाखर्क निवासी श्रीलाल शर्माको ७१ वर्षको उमेरमा ह्दयघातका कारण मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ। प्रेस चौतारी नेपालका वरिष्ठ उपाध्यक्षसमेत रहनुभएका शर्माका बुबा कामका लागि घरबाट बाहिर निस्केको बेला ह्दयघात भएको थियो। स्व. शर्माका २ छोरा १ छोरी र पत्नी हुनुहुन्छ।

प्रतिक्रिया दिनुहोस्