पूर्वराजाले भने ‘हिन्दू धर्म मनमै राख्नुपर्छ’



चितवन, (नेस)
पू्र्वराजा ज्ञानेन्द्र शाहले हिन्दू धर्म बोलेर नभई मनमा राख्नुपर्ने बताउनुभएको छ। पूर्वरानी कोमलको जन्मोत्सव मनाएर नारायणी नदी किनारमा आइतबार आयोजित विराट गोरक्ष महायज्ञमा गाईको पूजा तथा हवन गर्न पुग्नुभएका पूर्वराजा ज्ञानेन्द्रले सो धारणा व्यक्त गर्नुभएको हो।

पूर्वराजा ज्ञानेन्द्रलाई पत्रकारले सोधेको प्रश्नको उत्तर दिने क्रममा उहाँले हिन्दूधर्मलाई जगाउनुपर्ने प्रतिक्रिया दिनुभएको थियो। सो अवसरमा ज्ञानेन्द्र र कोमलले एक जोडी गाईको पूजा गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्