प्रजातन्त्र दिवसमा गृहमन्त्री रिसाए



राष्ट्रिय प्रजातन्त्र दिवस काठमाडौँको सैनिक मञ्चमा शनिबार आयोजित ६७ औँ राष्ट्रिय प्रजातन्त्र दिवस २०७३, को विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानन्यायाधीश सुशीला कार्कीलगायत मन्त्रीगण, संवैधानिक नियोगका प्रमुख एवम कूटनीतिक नियोगका प्रमुखको उपस्थिति हुँदै । तस्बिर ः रोशन सापकोटा, रासस

काठमाडौं, (नेस)
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान कार्यान्वयन गर्न पनि निर्वाचन गर्नुपर्ने बताउनुभएको छ। उहा“ले संघीयताको कार्यान्वयन चुनौतिपूर्ण रहेको बताउ“दै सरकारले कुनै पनि हालतमा स्थानीय तहको निर्वाचन गर्ने बताउनुभएको हो।

६७आंै प्रजातन्त्र दिवसको अवसरमा टुंडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले फागुन ७ गते, नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट जहानिया“ निरंकुश राणा शासनको अन्त्य गर्दै लोकतन्त्रको प्रक्रियामा अघि बढेको ऐतिहासिक दिन भएको बताउनुभयो।
‘जनयुद्ध तथा जनआन्दोलनमा गरेको बलिदानको परिणामस्वरुप प्राप्त उपलब्धिका कारणले अहिले देशमा संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक समावेशितासहितको नया“ संविधान निर्माण भएको हो’, प्रचण्डले भन्नुभयो– ‘परिवर्तनका एजेन्डालाई संवैधानिक रूपमा संस्थागत गर्ने प्रक्रियाले पूर्णता पाइसकेको छैन’, उहा“ले भन्नुभयो– ‘कार्यान्वयनको हिसाबले संघीयता नै सबैभन्दा चुनौतिपूर्ण छ।’

नया“ संविधानअनुसार निर्वाचनस“ग सम्बन्धित राजनीतिक र कानुनी मुद्दाको टुंगो लागिसकेको बताउ“दै अब निर्वाचनप्रति आशंका गरिरहनु आवश्यक नभएको बताउनुभयो। ‘मेरै नेतृत्वमा भएको जनयुद्धबाट स्थापित संविधानसभाले जारी गरेको संविधानको कार्यान्वयनका लागि चुनाव अनिवार्य छ’ –उहा“ले भन्नुभयो। प्रजातन्त्र दिवसले देशको राजनीतिक स्थिरता, लोकतन्त्रको सुदृढीकरण, संविधानको कार्यान्वयन र जनताको जीवन पद्धतिमा गुणात्मक परिवर्तन ल्याउन प्रेरणादायी भूमिका खेल्ने प्रचण्डले विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानन्यायाधीश सुशीला कार्कीलगायतको सहभागिता रहेको थियो।
प्रजातन्त्र दिवसको अवसरमा शनिबार टु“डिखेलमा आयोजित कार्यक्रममा आफूलाई बस्ने कुर्सी नभएको भन्दै कार्यक्रमस्थलमा पुगेर रिसाउ“दै गृहमन्त्री बिमलेन्द्र निधि बाहिरिनुभएको थियो।

प्रतिक्रिया दिनुहोस्