परराष्ट्रमन्त्री फिर्ता



काठमाडौं, (नेस) परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले युरोपेली आकाशमाथि लाग्दै आएको उडड्यन प्रतिबन्ध छिट्टै फुकुवा हुने बताउनुभएको छ। बेल्जियमको ब्रसेल्समा हालै सम्पन्न सम्मेलनमा भाग लिएर शनिबार स्वदेश फर्कने क्रममा  विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै डा. महतले दक्षिण एसियाको उड्डयन सुरक्षा मापदण्ड नेपालले पनि पूरा गरेकाले युरोपेली आकाशमा लगाइएको प्रतिबन्ध फुकाउन गरेको आग्रहमा बेल्जियम र लक्जेम्बर सरकारले समीक्षा गर्ने प्रतिवद्धता जनाएको बताउनुभयो।

नेपालको संविधानका बारेमा विगतमा युरोपेली संघले असन्तुष्टि जनाएको सम्बन्धमा परराष्ट्रमन्त्रीले कुरा राखे वा नराखेको बारेमा भने उहा“ले केही पनि बताउनुभएन।

प्रतिक्रिया दिनुहोस्