रातपरेपछि प्रधानमन्त्रीका कुरा फेरिए



मधुसूदन रायमाझी,काठमाडौं

आज आइतबार स्थानीय निर्वाचनको घोषणा गर्ने शनिबार मधेसी मोर्चाका नेताहरूस“गको कुराकानीमा बताउनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ हिजै रातिबाट फेरिनुभएको छ। सत्तारूढ दल नेकपा माओवादी केन्द्रको शनिबार राति बसेको बैठकमा प्रधानमन्त्रीले सहमतिमा मात्रै निर्वाचन घोषणा गर्ने बताउनुभएको छ। सो बैठकले पा“च दिनभित्र स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न सरकारलाई सुझाव दिएको छ।

माओवादीले संविधान कार्यान्वयन गर्न पनि निर्वाचन अनिवार्य भएको निष्कर्ष निकाल्दै मधेसी मोर्चालाई समेत सहमतिमा ल्याएर निर्वाचनको मिति घोषणा गर्न सुझाव दिएको हो।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी केन्द्रीय कार्यालयको बैठकमा पार्टीका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस, एमाले र मधेसी मोर्चास“ग संयुक्तरूपमा छलफल गरेर मात्र सरकारले निर्वाचनको मिति घोषणा गर्ने जानकारी गराउनुभएको थियो। ‘निर्वाचनको मिति घोषणा गर्नका लागि सबैको सहमति आवश्यक छ’, प्रचण्डको भनाइ उद्धृत गर्दैै एक नेताले भने– ‘सबैलाई मान्य हुने गरेर मात्र निर्वाचनको मिति घोषणा गर्ने पक्षमा सरकार छ, केही दिन लागे पनि सहमति जुटाउनुपर्ने बाध्यता छ।’

प्रचण्डले मधेसी मोर्चास“ग भएको छलफलको बारेमा जानकारी गराउ“दै निर्वाचनको मिति घोषणा र संविधान संशोधन विधेयक एकसाथ अगाडि बढाउने तयारीमा सरकार रहेको जानकारी गराउनुभएको थियो। बैठकले स्थानीय तहको निर्वाचन निर्विकल्प भएको निष्कर्ष निकाल्दै केन्द्रीय कार्यालयका नेताहरूले अन्तिम पटक सत्तारूढ नेपाली कांग्रेस, मधेसी मोर्चा र निर्वाचन आयोगस“ग पनि छलफल गरेर एक दुई दिनभित्रै निर्वाचनको मिति घोषणा गर्न सरकारलाई सुझाव दिएको छ।

प्रचण्डका राजनीतिक सल्लाहकार एवम्नेता चक्रपाणि खनालले निर्वाचनको मिति घोषणा गर्न अझै पा“च दिन समय लाग्ने बताउनुभयो। उहा“ले नेपाल समाचारपत्रस“ग भन्नुभयो– ‘पहिलो चरणमा माओवादी कांग्रेसबीच छलफल हुन्छ, त्यसपछि कांग्रेस, एमाले, माओवादी र मधेसी मोर्चाको बैठक बसेर सहमति जुटाउने काम हुन्छ।’ उहा“ले मधेसी मोर्चाको माग सम्बोधन गर्नका लागि २ नम्बर प्रदेशमा केही स्थानीय तहको संख्या बढाएर भए पनि निर्वाचनको वातावरण सृजना गर्न नेताहरूलाई सरकारलाई सुझाव दिएको बताउनुभयो।

बैठकले पार्टी सदस्यता नवीकरणको काम सम्पन्न गर्ने, पार्टीका स्थानीय तहका कमिटीहरूको सम्मेलन सम्पन्न गर्ने, एकता गर्न बा“की रहेका मोर्चा, जनवर्गीय संगठन र विभागहरूको एकता सम्पन्न गर्ने र निर्वाचनलाई केन्द्रित गरेर संगठनात्मक कामलाई अघि बढाउने निर्णय गरेको खनालले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्