राप्रपामा आज उम्मेदवारी, भोलि मतदान



काठमाडौं, (नेस)

राप्रपाको केन्द्रीय कार्यसमिति चयनका लागि आज आइतबारदेखि निर्वाचन प्रक्रिया शुरू हुने भएको छ। निर्वाचन प्रक्रियाअन्तर्गत आज १० बजेदेखि १२ बजेसम्म उम्मेदवारी दर्ता रहेको छ भने भोलि सोमबार ९ बजेदेखि मतदान गर्ने कार्यतालिका तय भएको छ।

राप्रपाको शुक्रबारदेखि शुरू भएको एकता महाधिवेशनले निर्वाचन प्रक्रिया अघि बढाउन नया“ विधानलाई संशोधनसहित शनिबार पारित छ। संशोधनसहित पारित राप्रपाको विधानमा प्रस्तावनामै हिन्दूराष्ट्र र संवैधानिक राजसंस्था समावेश गर्नुपर्ने अधिकांश प्रतिनिधिको आवाज आए पनि अध्यक्ष कमल थापाले यसलाई सम्बोधन गरिने मात्र बताउनुभएको छ। बन्द सत्रमा विधान मस्यौदामाथि साढे तीन सयभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूले धारणा राखेका थिए।

राप्रपाका प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिएअनुसार चुनाव चि≈नको बारेमा खासै छलफल भएन। राप्रपाका शीर्ष नेता डा. प्रकाशचन्द्र लोहनी तथा पशुपति शमशेर राणालगायतले उद्घाटन सत्रमा विधानमै चुनाव चि≈न हलो राख्नुपर्ने भनी जोडदार आवाज उठाएका थिए।

शनिबार भएको बन्दसत्रमा राजनीतिक प्रतिवेदन र आर्थिक प्रतिवेदनमाथि छलफल भएन। आजबाट निर्वाचन प्रक्रियास“गै राजनीतिक र आर्थिक प्रतिवेदनमाथि छलफल हुने प्रवक्ता श्रेष्ठले बताउनुभएको छ।

प्रतिक्रिया दिनुहोस्