“संशोधन गर्छौ कि देश टुक्र्याउछौं ?”



बीपी साह, काठमाडौं

देशमा बस्ने १० लाख मधेसीले विखण्डन चाहेको देख्दै छु। तपाईंहरू मधेसी मोर्चालाई असफल बनाएर विखण्डनवादीलाई अगाडि सार्दै हुनुहुन्छ। मोर्चा असफल भए भोलि टुप्लुक कोही अर्को धारको व्यक्ति मधेसको नेता बनेर आउनेछ। तपाईंहरू संविधान संशोधन गर्ने कि निर्वाचनमा गएर देश विखण्डन गर्ने?’ शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ दल र मधेसी मोर्चाबीचको छलफलका क्रममा नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झाले माथिको प्रश्न गर्नुभएको हो।
दुई पक्षबीचको कुराकानीका क्रममा शनिबार चर्काचर्की नै परेको थियो। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधनको प्रक्रिया निर्वाचनको मिति घोषणापछि अगाडि बढाउने बताएपछि मोर्चाका नेताहरू आक्रामकरूपमा प्रस्तुत भएका थिए।

माओवादी केन्द्रका नेता मातृका यादवले मैथिली भाषामै मोर्चाका नेताहरूलाई सम्झाउने प्रयास गरे पनि उनीहरू रोकिएनन्। निर्वाचनका लागि मोर्चालाई सहमतिमा ल्याउने प्रयास स्वरुप प्रधानमन्त्रीले बोलाएको उक्त बैठक विनानिष्कर्ष टुंगिएको थियो। मोर्चाका नेताहरूले सरकार र मोर्चाबीचको दूरी बढेको प्रतिक्रिया पनि दिएका छन्। मोर्चाका नेताहरूले शनिबार प्रधानमन्त्रीलाई धम्की दिइरह“दा रुपन्देहीको मझवागामा देश विखण्डनको नेतृत्व गरिरहेका सीके राउतका कार्यकर्ताहरूले प्रदर्शन गरेका थिए।प्रहरीले प्रदर्शनीकारीमाथि केही राउण्ड हवाई फायर र अश्रु ग्यास प्रहार गरेको थियो।

१७ जना गम्भीर घाइते भएको तस्वीर बैठकमै मोर्चाका नेताहरूले प्रधानमन्त्रीलाई देखाएका थिए। सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको भनाइ थियोे– ‘संशोधनविना निर्वाचनमा गए आन्दोलन मधेसी मोर्चाको हातबाट बाहिरिन सक्छ। त्यसैले हामी बाध्य भएर कठोर आन्दोलनमा जान्छौं।’

बैठकपछि माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले मधेसी मोर्चा आफ्नै अडानमा कायम रहेको प्रतिक्रिया दिनुभयो। उहा“ले छलफल सकारात्मक भए पनि निष्कर्ष ननिस्किएको बताउनुभयो।

मधेसी मोर्चाका नेताहरूले संविधान संशोधनलाई जसैगरी पास गराउनैपर्ने अत्तो थाप्दै आएका छन्।
प्रक्रियामा लगे पनि फेल हुन नहुने भन्ने उनीहरूको अडानले गर्दा लोकतान्त्रिक प्रक्रियामा नै ठेस लगाउने प्रयास भएको भन्दै सत्ता पक्षले अस्वीकार गर्दै आएको छ। सत्ता पक्षका एक नेताले भने– ‘दुनिया“मा चलेको एउटा निर्णय प्रक्रियालाई त मान्नुप¥यो नि। मतदानमा फेल हुन्छ भने त्यो मान्नुप¥यो। तर उनीहरू एकोहोरो कुरा गरिरहेका छन्। सीकेलाई देखाएर सरकारलाई तर्साउने कुरा गर्दै छन्। यस्ता कुरामा सरकार झुक्ने कुरा हु“दैन। संशोधन आफूले भनेअनुसार गर्ने हो भने चुनावमा गएर जनतालाई आफ्नो कुरामा कन्भिन्स गरी दुई तिहाइ ल्याएर संविधान संशोधन गर्न उनीहरूलाई कसैले रोक्दैन।’
मोर्चास“गको बैठकमा प्रधानमन्त्री प्रचण्डले आइतबार बस्ने मन्त्रिपरिषद् बैठकबाट निर्वाचनको मिति घोषणा गर्ने सम्पूर्ण तयारी भएको बताउनुभयो।

प्रधानमन्त्रीलाई उद्धृृत गर्दै महतोले नेपाल समाचारपत्रलाई भन्नुभयो– ‘आइतबार बस्ने मन्त्रिपरिषद् बैठकले निर्वाचनको मिति घोषणा गर्नेछ। निर्वाचनको मिति घोषणा भएपछि प्रतिपक्षीले पनि संविधान संशोधनमा सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको छ। तपार्इंहरू पनि सहयोग गर्नुस्।’

बैठकका सहभागी अन्य नेताहरूले प्रधानमन्त्रीको मुड चुनावको मिति घोषणा गर्ने पक्षमा देखिएको बताउनुभयो। उहा“हरूले सत्ता पक्षका अन्य नेताहरूले पनि चुनावको मिति घोषणा गर्न मोर्चाका नेताहरूलाई दबाब दिएको बताउनुभयो।

बैठकमा मोर्चाका नेताहरूले स्ववियुको निर्वाचनमा आफूहरूले लचकता देखाएको बताउ“दै चुनावको मिति घोषणा भए स्ववियु निर्वाचनसमेत हुन नदिने चेतावनी दिएका थिए। प्रधानमन्त्रीस“गको छलफलपछि शनिबार नै मधेसी मोर्चाका नेताहरूबीच आन्दोलनकाबारे अनौपचारिक छलफल भएको थियो। मोर्चाका नेताहरूले आइतबार प्रधानमन्त्रीले चुनावको मिति घोषणा गरे सा“झ मोर्चाले आन्दोलन घोषणा गर्ने बताएका छन्।

महतोले नेपाल समाचारपत्रस“ग भन्नुभयो– ‘आन्दोलनका विषयमा मोर्चामा अस्तिदेखि नै छलफल भएको छ। भोलि सरकारले चुनावको मिति घोषणा गरे हामी आन्दोलनको घोषणा गर्नेछौं।’

राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले आन्दोलनका लागि मधेसी मोर्चा तयार अवस्थामा रहेको बताउ“दै आन्दोलनमा जाने कि संशोधनमा जाने भन्ने निर्णय सरकारको हातमा रहेको बताउनुभयो।

उहा“ले आन्दोलनका विषयमा पछिल्ला बैठकहरूमा छलफल भएको र आइतबार सरकारले निर्वाचनको मिति घोषणा गरेलगत्तै मोर्चाको बैठकले आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्