तिमील्सीना विगत तिन महिना देखि मलेसियामा वेपत्ता



काठमाडौं

काभ्रेपलाञ्चोक जिल्ला लाम्चे निबासी रमेशप्रसाद तिमील्सीना बिगत तिन महिना देखि वेपत्ता हुनुभएको छ । मेलेसीयाको मेलावती सेक्युरीटि कम्पनीमा कार्यरत ३३ बर्षिय तिमील्सीना कम्पनिबाटै हराउनुभएको पारिवारीक स्रोतले वताएको छ ।

कम्पनीको काम सकेर सुत्नुभएका तिमील्सीना गत कार्तिक देखि कम्पनीको काम सकि सुत्न गएको समयमा दिउँसो ४ बजे देखि हराउनुभएको आफन्ती भिमप्रसाद तिमील्सीनाले जानकारी दिनुभयो ।

अहिले खोजीका लागी मलेसीयामा रहेको आफन्त भिमप्रसादले नेपाल समाचारपत्रलाई जानकारी गराउनुभयो ।

खोजी कार्यका लागी परिवारजनले नेपाल प्रहरीलाई आग्रह समेत गरेका छन् । महानगरीय अपराध महाशाखा टेकुलाई खोजी कार्यमा सहयोगका लागी आग्रह गर्दै निवेदन समेत पठाएको भाई भोला तिमील्सिनाले जानकारी दिनुभयो ।
उहाँ कामका लागी दुई बर्ष अघि मलेसिया जानुभएको थियो । मलेसीयन सरकारले खोजीका लागी कुनै चासो नदेखाएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्