स्ववियु निर्वाचनका लागि नयाँ कार्यतालिका

0
Shares

नेपाल समाचारपत्र
काठमाडौं
त्रिभुवन विश्वविद्यालयले यही फागुन १८ गते तोकिएको स्ववियु निर्वाचनका लागि नयाँ कार्यतालिका शुक्रबार सार्वजनिक गरेको छ।

संयुक्त विद्यार्थी संगठन, त्रिवि पदाधिकारी र उपलब्ध क्याम्पस प्रमुखहरूको सहभागीतामा बिहीबार बेलुकी भएको सहमतिअनुसार नयाँ कार्यतालिका सार्वजनिक गरेको हो। जसअनुसार फागुन ११ गते बिहान १० बजेभित्र मतदाता सूची प्रकाशित गर्ने सोही दिन २ बजेसम्म मतदाता सूचीउपर दावीविरोध गर्ने र फागुन १२ गते मध्यान्ह १२ बजेसम्म मतदाताको अन्तिम नामावली सार्वजनिक गर्ने नयाँ कार्यतालिकामा उल्लेख छ।

फागुन १२ गते १२ बजेदेखि ५ बजेसम्म प्रत्यक्ष र समानुपातिक तर्फका उम्मेदवारको मनोनयत वितरण गरिने, १४ गते उम्मेदारी दर्ता, १५ गते मध्यान्ह १२ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुने गरी तालिका बनाइएको छ।

१५ गते दिउँसो ३ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ। यस्तै सोही दिन ५ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ। त्रिवि कार्यकारी परिषद्को हिजो शुक्रबारको बैठकले नयाँ कार्यतालिका बनाएको हो। परिषद्को बैठकले १८ गते हुने स्ववियु चुनावको समयसम्बन्धी क्याम्पस प्रशासनले तोक्न सक्ने गरी कार्यतालिका बनाएको छ।

Skip This