ट्रकले स्कुटरलाई ठक्कर दिँदा २ जनाको ज्यान गयो



काठमाडौं, नेस ।
बालाजु माछापोखरी सडकखण्डमा ना ५ ख ८४६५ नम्बरको ट्रकले बा ७७ प ३२० नम्बरको स्कुटरलाई ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ ।

शुक्रबार मध्यान्ह १२ बजेतिर स्कुटर चालक, मकवानपुर मनहरीकी ३८ वर्षकी रिमा कुमारी राई र स्कुटर पछाडी बसेका धादिङ खाल्टेका ३५ वर्षकी सोनिया थापाको उपचारको क्रममा शिक्षण अस्पताल महारजगंजमा ज्यान गएको हो।

ट्रक महानगरीय प्रहरी वृत्त बालाजुले नियन्त्रणमा लिएको छ भने ट्रक चालक फरार रहेकोले खोजी भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्