प्रहरी प्रमुख नियुक्तिको अधिकार न्यायपालिलाई छैनः पम्फा भुसाल



पुष्कर बुढाथोकी, भक्तपुर ।
नेकपा माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले नेपाल प्रहरीको (महानिरीक्षक)आईजीपी नियुक्ति प्रक्रियामा भइरहेको विवादबारे बोल्दै प्रहरी प्रमुख चयन गर्ने अधिकार राष्ट्रको कार्यकारी प्रमुखको भएको बताउनुभयो ।

रफत सञ्चार क्लबले सोमबार भक्तपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै प्रवक्ता भुसालले सो कुरा बोल्नुभएको हो ।

उहाँले सरकारले चयन गरेको आइजीपीको निर्णय नियमसंगत भएको बताउँदै सरकारले गर्ने निर्णयलाई कसैले हस्तक्षेप गर्न नसक्ने जिकिर गर्नुभयो ।

प्रहरी महानिरीक्षक नियुक्तिको अधिकार सरकार बाहेक न्यायपालिका वा अरु कुनै निकायको अधिकार क्षेत्र नभएको दाबी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्