स्ववियु निर्वाचन प्रमुखको कार्यकक्षमा तालाबन्दी, गाडीमा आगजनी



काठमाडौं, (नेस)
बिप्लव नेतृत्वको नेकपा–माओवादी निकट अखिल क्रान्तिकारीले त्रिभुवन विश्व विद्यालय अन्तर्गतको निर्बाचन कार्यालय प्रमुखको कार्यकक्षमा तालावन्दी गरेको छ ।

पुर्ण समानुपातीक निर्बाचन प्रणाली र स्ववियु चुनावको मिती केहि समय सारीनुपर्ने माग राख्दै निर्बाचन कार्यालय प्रमुखको कार्यकक्षमा तालावन्दी गरेको हो । अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य कलम बढुवालको नेतृत्वमा तालाबन्दी भएको बताइएको छ ।

यसै बिच अखिल क्रान्तिकारीले चुनाब तोकिएको मितीमा नहुने भए आफ्नो संगठनले चुनाव विथोल्ने कार्य गर्ने चेतावनी दिएको छ । निर्बाचन कार्यालयमा तालाबन्दी भएसंगै देशभरका अधिकाशं क्याम्पसहरुमा संगठन दर्ता लगायतका कामहरु अघि बढ्न सकेको छैन ।

त्रिभुवन बिश्वबिद्यालयको कार्यकारी परिषद्को बैठकले फागुन १४ गते स्ववीयू चुनावको मिती तय गरेको छ । विश्व विद्यालयले जारी गरेको निर्वाचन कार्यतालिका अनुसार हिजो आइतबारदेखि देशभरका क्याम्पसहरुमा निर्वाचनका लागि संगठन दर्ता गर्नुपर्ने थियो ।

विरोधका कारण सो कार्य लगायत निर्वाचन कार्यतालिका नै विथोलिएको छ । यस्तै, त्रिभुवन विश्व विद्यालयका शिक्षाध्यक्षको गाडिमा सोमबार विहानै अज्ञात समूहले आगजानी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्