असन्तुष्टि समेटिन्छः मन्त्री



THIS IMAGE: A young boy escapes the violence that grew amid desperate looters, as gang-related gunfire broke out in downtown Port-au-Prince.

काठमाडौँ, (नेस)
सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदनमा देखिएको असन्तुष्टिलाई सरकारले समेटेर लैजाने बताउनुभएको छ।

स्थानीय तह पुनर्संरचना गर्दा शङ्खरापुर नगरपालिकालाई छुट्टै स्थानीय तह बनाउनुपर्ने मागसहित शङ्खरापुर नागरिक समाजले बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उहाँले आफ्नो संयोजकत्वमा गठन भएको समितिले शङ्खरापुरवासीको असन्तुष्टि हल गर्न अध्ययन गरी सुझावसहित मन्त्रिपरिषद्मा पेस गर्ने बताउनुभयो। उहाँले स्थानीय तह पुनर्संरचनाको काम अत्यन्त जटिल भएको बताउँदै उहाँले शङ्खरापुरवासीलाई कुनै पनि विरोधका कार्यक्रम नगर्न पनि अनुरोध गर्नुभयो।

ज्ञापनपत्र बुझाउँदै शङ्खरापुर नागरिक समाजका संयोजक रूपेशलाल श्रेष्ठले ऐतिहासिक एवम् पहिचानयुक्त शङ्खरापुरलाई अन्य कुनै नगरपालिकामा समायोजन गर्न नपाइने बताउनुभयो।

ज्ञापनपत्रमा करिब ३ हजार ३ सय वर्ष अघि राजा शङ्खदेवले माता बज्रयोगिनीका निर्देशनमा सात गाउँ मिलाएर हजार घर, त्यसमा चाहिने बगैँचा, खुल्ला क्षेत्र, चोक, ननी, मन्दिर, इनार, धारा, पोखरी आदि राखी दाहिने शङ्ख आकारमा निर्माण गरिएको ऐतिहासिक एवम् पौराणिक शङ्खरापुर क्षेत्रलाई छुट्टै स्थानीय तह बनाउन माग गरिएको छ।

शङ्खरापुरलाई छुट्टै स्थानीय तह बनाउन नगरपालिकाको सर्वदलीय संयन्त्रबाट सर्वसम्मतिले पास गरी जिल्ला प्राविधिक समितिलाई सिफारिस गरिए पनि आयोगले कागेश्वरी मनहरा नगरपालिकामा समायोजन गरेको भन्दै शङ्खरापुरवासीले विरोध गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्