अध्यक्ष ओलीद्वारा श्रद्धाञ्जलि अर्पण



काठमाडौँ, २८ माघ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अनेरास्ववियुका केन्द्रीय सदस्य मिलन राईको पार्थिव शरीरमा आज श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ ।

धुम्रबाराहीस्थित पार्टीको केन्द्रीय कार्यालयमा पुगेर अध्यक्ष ओलीले आज श्रद्धाञ्जलि दिनुभएको हो ।

सडक दुर्घटनामा परी उपचारका क्रममा वीर अस्पतालमा निधन भएका २७ वर्षीय राईलाई श्रद्धाञ्जलि दिन उहाँको शव परीक्षणपछि पार्टी कार्यालय पुर्याइएको थियो ।

उक्त श्रद्धाञ्जलि कार्यक्रममा पार्टीका उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेललगायतका नेता तथा पार्टीका विभिन्न जनवर्गीय सङ्गठनका नेताको सहभागिता थियो ।

खोटाङ स्थायी घर भएका राईको पार्थिव शरीरलाई आज खोटाङ पुर्याई अन्त्येष्टि गरिने कार्यक्रम रहेको अनेरास्ववियुका सचिव आरसी लामिछानेले जानकारी दिनुभयो ।

यही माघ २५ गते काठमाडौँबाट गृहजिल्ला जानेक्रममा भक्तपुरमा उहाँ सडक दुर्घटनामा पर्नुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्