नाबालिका र बालिकालाई जबरजस्ती करणी गर्ने पक्राउ



गोरखा, (नेस)
जिल्ला प्रहरी कार्यालय गोरखाले ५ वर्षकी बालिका र १३ वर्षकी बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा दुई व्यक्तिलाई पक्राउ गरेको छ।

यही माघ २० गते मसेलका १३ वर्षीय बालकले ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको र माघ २० गते अश्राङ गाविसको एक होटलमा १३ वर्षकी बालिकालाई फकाई फुलाई लगेर जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी वीरेन्द्र थापाले जानकारी दिए।

नाकालिकामाथि जबरजस्ती गर्नेलाई माघ २३ गते र बालिकामाथी जबरजस्ती करणी गर्नेलाई २४ गते पक्राउ गरी थप अनुसन्धान गरिरहेको डीएसपी थापाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्