एनसेनले ल्यायो, भ्यालेनटाइन अफर


नेपाल समाचारपत्र
काठमाडौं
बुधबार देखि लागु हुने गरी एनसेलले भ्यालेनटाइन अर्थात प्रणय दिवसको अवसरमा दुई आकर्षक योजनाहरू सार्वजनिक गरेको छ।

योजनाहरू अनुसार एनसेलका ग्राहकहरूले आफुले छानेको एउटा विशेष नम्बरमा अब अझै सुलभ दरमा कुरा गर्न सक्नेछन्। साथै रिङ ब्याक टोनमा पनि ५० प्रतिशत छुटको मजापनि लिन सक्नेछन्।

एनसेलका सबै प्रिपेड तथापोस्टपेड ग्राहकले एउटा एनसेल नम्बरलाई आफ्नो नम्बरसँग पेयर गरी आफ्नो प्रियजनसँग अझ सुलभ दरमा कुरा गर्न सक्नेछन्।

आफ्नो नम्बरसँग आफुले चाहेको अर्को एनसेल नम्बर पेयर गरी मात्र ५० पैसा (कर बाहेक) प्रति मिनेटमा कुरा गर्न सक्ने छन्। यसका साथै यो सेवा सुचारु गर्ने ग्राहकले १०० वटा एसएमएस निःशुल्क पाउँनेछन्। प्राप्त एसएमएस १५ दिनको लागि मान्य हुनेछ र निःशुल्क एसएमएस पेयर गरिएको नम्बरमा मात्र पठाउन सकिनेछ।

ग्राहकहरूले १७१०६ डायल गरी यो सेवा निःशुल्क सुचारु तथा आफुले चाहेको एनसेल नम्बर पेयर गर्न सक्ने छन्। ग्राहकले एस्ट्रिक्स् १७१०६ एस्ट्रिक्स् पेयर गरिने मोबाइल नम्बर ह्यास डायल गरेर पनि यो सेवा सुचारु गर्न सक्नेछन्। त्यस्तै एसएमएम मार्फत पनि यो सेवा सुचारु गर्न सक्नेछन्। यसका लागि ग्राहकले अंग्रेजीमा एड अर्थात एडिडि (ठूलो ए र सानो अक्षरमा डिडि) स्पेस पेयर गरिने मोबाइलनम्बर टाइप गरी १७१०६ मा एसएमएम पठाउन सक्नेछन्।

त्यस्तै पिआरबिटि सेवाको छुट अन्तर्गत, एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले १७११७ डायल गरी प्राप्त निर्देशन अनुसार २० वटा रोमान्टिक गीतहरूको सुचिबाट आफ्नो रोजाइको गीतलाई ५० प्रतिशत छुटमा आफ्नो रिङ ब्याक टोन बनाउन सक्नेछन्। आफ्नो साथीभाईलाई कलगर्दा बज्ने रिङ ब्याक टोन यदी मन परेमा ग्राहकले उक्त टोन बजिरहेको बेलामा एस्ट्रिक्स् डायल गरि त्यस टोनलाई कपीगर्न सक्नेछन्।

यसरी कपी गरिएको टोन यदी अफरको सुचीमा समावेश गरिएका २० वटा गीत मध्य भयो भने ग्राहकले रिङ ब्याक टोनमा ५० प्रतिशत छुट पाउनेछन्। ’ग्राहकहरूका लागि सुलभ दरमा आफ्ना प्रियजनसँग कुरा गर्न तथा निःशुल्क एसएमएसको मजा लिन सकिने यी अफरहरू ल्याउन पाउँदा हामी हर्षित छौ,’ एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भन्नुभयो ’ एउटा नम्बर पेयर गरी सुलभ शुल्कमा कुरा गर्न सकिने र ५० प्रतिशत छुटमा आफुलाई मन परेको गीतरिङ ब्याक टोन राख्नमिल्ने सुविधाले ग्राहकलाई थप मुल्य प्रदान गर्नेमा हामी विश्वस्त छौ। ’ यी दुवै अफरहरू १५ दिनको लागि मान्य रहने कम्पनीले जनाएको छ।