रसुवागढि नाका सुचारु



रसुवा, (नेस) । दुई सातादेखि चिनियाँ नयाँ वर्ष तथा ल्होसारलाई लक्षित गर्दै रोक लगाएको रसुवागढि नाका आजदेखि सञ्चालनमा आएको छ ।

मालवाहक कन्टेर प्रवेशमा खुला गरेसँगै नेपालबाट चीन जाने तयारीमा रहेका एक सय भन्दा बढि कन्टेर चीन तर्फ लागेका छन् ।

चीनसँगको एक मात्र व्यापारिक नाका रसुवागढीमा माघ ७ गतेदेखि एक महिनासम्मका लागि मालवाहक कन्टेनर सञ्चालनमा रोक लगाइएको थियो । तर यस वर्ष चिनिया नँया वर्ष र तिव्वतवासीले मनाउने ग्याल्वो ल्होसारको समय फरक परेपछि विचमा नै सवारी साधन सञ्चालन खुला गरिएको हो ।

रसुवागढी भन्सार कार्यालयका प्रमुख गोपाल कोइरालाका अनुसार आज केरूङमा गएर सामाग्री लोड गरेर माघ २८ गते नेपाल फर्कनेछन् । चिनिया पक्षले फेव्रअरी १० तारिखबाट सामाग्री पठाउने जानकारी दिएकाले खाली कन्टेनरहरु आज चीन तर्फ गएका कोइरलाले वताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायव उपरिक्षक फणिन्द्र प्रसाइका अनुसार चिनिया भन्सार सुचारु भएकाले कन्टेनरहरु चीन तर्फ लागेका हुन । अवको एक हप्तासम्म कन्टेनर सञ्चालन हुने भएपनि फागुन १६ गते ग्याल्वो ल्होसारमा फेरी मालवाहक कन्टेनर सञ्चालन रोकिने प्रसाइको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्