भारतीय कारमा चरेश



हेटौंडा,(नेस) । हेटौंडा–१७, रातोमाटेस्थित प्रहरी चेकपोष्टमा लागुऔषध चरेशसहित तीन जनालाई पक्राउ गरिएको छ । हेटौंडाबाट बीरग ञ्जतर्फ जाँदै गरेकोे भारतीय डीएल८सीके–५६३० नम्बर प्लेटको सेतो रङको कार विशेष सुराकीका आधारमा चेक गर्ने क्रममा कारका यात्री दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

कारचालक बारा बहुअरी गाविस वडा नम्बर ४ बस्ने वर्ष २४ का हरिशंकरप्रसाद यादव, कारका यात्री वडा नम्बर ९ बस्ने वर्ष २८ का सुदर्शन यादव र भारत पश्चिम चम्पारण थाना मुफसिल ग्राम पञ्चायत गुनौली वडा नम्बर १ बस्ने वर्ष २२ का अमानतुल्ला अन्सारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक वामदेब गौतमले बताउनुभयो ।

कारको पछाडि डिकीभित्र रहेको टायरसहितको डिसमाथि लुकाई ल्याएको चरेश २ किलो ५ सय ग्राम र भारतीय कारसहित उनीहरुलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्