थापा हत्याका आरोपीत सार्वजनिक



सिर्जना पन्त, बागलुङ ।
बागलुङको कुश्मिसेरा–८ तिनहरेको गोरेटो बाटोमा बुधबार मृत अवस्थामा फेला परेका ४५ वर्षिय कृष्ण बहादुर थापाको हत्याका आरोपीत दुई जनालाई जिल्ला प्रहरी कार्यालय बागलुङले प्रकाउ गरि सार्वजनिक गरेको छ ।

प्रहरीले आइतबार थापाको हत्यामा संलग्न भएको आरोपमा कुश्मिसेरा–५ का ३३ वर्षीय भिमबहादुर थापा र २५ वर्षीय विष्णु थापा मगरलाई सार्वजनिक गरेको हो । मृतक र हत्याका आरोपीतले १९ गते राती संगै बसेर मादक पदार्थ सेवन गर्दा झगडाको सुरुवात भएको भएपनि सोही राती रिसको आवेगमा आएर भिमबहादुर र विष्णुले कृष्णबहादुरको हत्या गरेको प्रारम्भीक अनुसन्धानबाट खुल्न गएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरिक्षक चन्द्रकुँवेर खापुङले बताउँनुभयो ।

प्रहरीले हत्या आशंकमा चार जना पुरुष र एक महिलालाई गिरफ्तार गरि सोधपुछ गरेको भएपनि एक महिला सहित दुई पुरुषको हत्यामा संलग्नता नदेखिएकाले छोडिएको खापुङले बताउँनुभयो । उहाँले थापाको हत्यामा संलग्न रहेका भिमबहादुर र विष्णुलाई जिल्ला अदालत बागलुङबाट सात दिनको म्याद थप गरि अनुसन्धान गरिरहेको बताउँनुभयो ।

प्रतिक्रिया दिनुहोस्