वर्षात् पानी सङ्कलन आयोजनाका लागि पोखरी



काठमाडौँ, २२ माघ । खानेपानी तथा ढल निकास विभागले खानेपानी समस्या समाधानका लागि वर्षात् पानी सङ्कलन आयोजना सञ्चालन गर्न लागेको छ ।

खानेपानीको अति समस्या हुने क्षेत्रको पहिचान गरी त्यहाँका बासिन्दालाई पानी खुवाउने उद्देश्यका साथ वर्षात्मा परेको पानी पोखरी बनाएर सङ्कलन गर्न लागिएको हो । विभागका उपसचिव अरुणकुमार सिम्खडाले पोखरी बनाएर जलाशययुक्त खानेपानी आयोजना सञ्चालन गर्न लागेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “खानेपानी अति दुःख हुने स्थानमा यो आयोजना लक्षित गरेका हौँ ।”

विभागले हाल भक्तपुरको महादेवखोला र दाङको पाटुखोलामा वर्षात् पानी सङ्कलनका लागि पोखरी निर्माण गरेको छ भने अरु स्थानमा अध्ययन गरेको छ । विभागले नागरिकका घर घरमा खानेपानी पु¥याउन तराई क्षेत्रमा डिप बोरिङ तथा पहाडी क्षेत्रमा खोलाबाट मोटरमार्फत पानी तान्ने प्रक्रियालाई अगाडि बढाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्