हिमपातले जनजीवन प्रभावित

0
Shares

नेपाल समाचारपत्र
बझाङ
वर्षासँगै परेको हिमपातका कारण बझाङको जनजीवन प्रभावित बन्न पुगेको छ। बाक्लो हिमपात परेका कारण तराईका विभिन्न ठाउँबाट जिल्ला भित्रन लागेका यात्रुबाहक र मालबाहक सवारी साधन बीच बाटोमै अलपत्र परेको कर्णाली रिर्भर साइड यातायातका जिल्ला प्रमुख कुमार खड्काले बताउनुभयो ।

उहाँले भन्नुभयो –बिहीबार बिहान धनगढीबाट बझाङका लागि छुटेका सवारी साधन जयपृथ्वी राजमार्गमा बाक्लो हिमपातका कारण बीच बाटोमै अलपत्र परेका छन्। हिमपातपछि श्रीभावर दुदिला खान, मुसियाखान, बजपानीलगायतका सडकमा हिउँ जम्दा जयपृथ्वी राजमार्गमा चल्ने यातायातका साधनमा यात्रा गरेका यात्रुले जोखिम मोल्नुपरेको छ।

गर्मीको सयमयमा गाडीमा यात्रा गर्दा आन्नद लिने ठाउँमा अहिले हिउँ जमेर निकै डरलाग्दो अवस्था भएको छ कति खेर गाडी चिप्लिन्छ भन्ने डर लागेको सुप यातायात बस व्यावसायी संघका बझाङ प्रमुख जनक दौल्यालले बताउनुभयो।

उहाँले भन्नुभयो– ‘हिउँ पूरै जमेर २ फिटसम्म छ गाडीहरू अगाडि बढाउन गाह्रो भएको छ बैतडी सडक डिभिजन कार्यालयबाट जेसीबी मगाएर हिउँ सफा गर्ने काम भइरहेको छ। सडकमा हिउँ निकै जमेको छ यति धेरै हिउँ कहिले जमेको हुँदैन थियो गाडी सडकमा न गुडाऊँ भने साहुको पैसा कहाँबाट बुझाउने सडकमा गाडी गुडाउँदा निकै जोखिम मल्नुपर्ने अवस्था आएको ना५ ख ७०९५ का चालक तथा कर्णाली रिभर यातायातका गाडी मालिक विकास धामीले बताउनुभयो।

उहाँले करिब तीन फुट हिउँ जमेको छ बझाङमा चल्ने गाडीको सबैभन्दा बढी दुर्घटना हुने क्षेत्र यही हो। चार दिनदेखि श्रीभावर ,बिथड, दुदिलाखान, मुसिया चौरमा १ नम्बरमा राखेर गाडी हाँक्नुपर्ने अवस्था रहेको बताउनुभयो ।

Skip This