गुठी संस्थानका सबै शाखा निमित्तको भरमा



प्रशासकको मिलेमत्तोमा उपसचिवको दरवन्दी भएको ठाउमा नायब सुब्बालाई कार्यालय प्रमुख बनाएर राखेको आरोप

नेपाल समचारपत्र
काठमाडौं, १२ माघ ।
देशभर १४ लाख ४२ हजार रोपनि जग्गा रहेको गुठि संस्थानको शाखाकार्यालयहरु निमित्तको भरमा सञ्चालन भैरहेको छ ।
जग्गा संरक्षणको अभावमा दुरुपयोग भएको तथा स्वयम संस्थानले समेत गुठीको जग्गा श्रेष्ताको अभिलेख अद्याबदिक गर्न नसकेको आरोप लागिरहेको बेला शाखा कार्यालय निमित्तको भरमा सञ्चालन गरिनुलाई शंकाको रुपमा हेरिएको छ । प्रशासक नारायण चौधरीको व्यवस्थापन कमजोरीको कारण गुठि संस्थान अस्तव्यस्थ भएको र सम्बन्धित मन्त्रालयले समेत ध्यान नदिएको गुनासो पनि आइरहेको छ ।

गुठि संस्थानका एक उच्च कर्मचारीले नेपाल समाचारपत्रलाई जानकारी दिएअनुसार प्रशासक चौधरी आर्थिक प्रलोभनमा परि जिल्ला शाखाहरुमा तल्लो तहका कर्मचारीलाई लामो समयदेखि निमित्तको भरमा छोडिएको छ । स्रोतका अनुसार काठमाडौं शाखामा उपप्रशासक (उपसचिव) को दरवन्दी भएपनि नायब सुब्बा बैकुण्ठ रेग्मीलाई निमित्त प्रमुख बनाईएको छ । गुठीको काठमाडौं शाखालाई आकर्षक शाखाको रुपमा लिइन्छ । त्यस्तै, भक्तपुर शाखामा उपसचिवको दरवन्दीमा अधिकृत लेखनाथ सापकोटालाई निमित्त दिइएको छ । ललितपुर जिल्ला शाखामा अधिकृतको दरवन्दी भएपनि सुब्बा बैकुण्ठ आचार्यलाई निमित्त दिइएको स्रोतको भनाई छ ।

धर्म संस्कृती र परम्पराको संरक्षण र संवद्र्धन गर्ने, गुठिको जग्गाको संरक्षण गर्ने, सांस्कृतिक र पुरातात्विक महत्वको मठमन्दिरको अभिलेख राख्ने, विभिन्न जात्रा पर्व चलाउने, जग्गाको प्रशासन (व्यवस्थापन) गर्ने जस्ता महत्वपुर्ण काम गर्ने गुठि सस्थान पछिल्लो समय धरासायी हुदै गएको समाचार यसअघि पनि पटक पटक सार्वजनीक भएको थियो । गुठी संस्थान धराशायी बन्दै जादा पनि सम्बन्धित मन्त्रालयले कुनै वास्ता नगरेको भन्दै गुठी संस्थानका केहि कर्मचारीहरुले प्रधानमन्त्री समक्ष गुनासो गर्ने बताएका छन् ।

गुठी संस्थानको जनकपुर कार्यालयमा उपसचिवको दरवन्दी भएपनि प्रशाशक चौधरीले नायब सुब्बा नवराज पौडेललाई कार्यालय प्रमुख बनाएको स्रोतको भनाई छ । साथै विरगञ्जमा अधिकृतको दरवन्दी भएपनि लेखाका सुब्बा पवन आचार्यलाई कार्यालय प्रमुख बनाएर राखिएको छ ।

आर्थिक चलखेल गरि प्रमुख प्रशाखकले जिल्ला शाखामा तल्लो तहका कर्मचारीहरुलाई कार्यालयको जिम्मेवारी दिएको बताउदै गुठि संस्थानका एक कर्मचारीले भने– महोत्तरी जिल्लामा अधिकृतको दरबन्दी भएपनि सुब्बा मनोज शर्मालाई जिम्मेवारी दिइएको छ भने काभ्रे जिल्लामा पनि अधिकृतको दरबन्दी भएको ठाउमा सुब्बा बासु पौडेललाई कार्यलय प्रमुख बनाइएको छ ।

निजामति ऐन २४ घ अनुसार १५ वर्ष सेवाअवधि पुगेका कर्मचारी स्वत एकतह बढुवाहुने व्यवस्था भएपनि संस्थानको स्वीकृतिको लागि मन्त्रालय पठाइएपनि त्यो स्वीकृत भएर नआएको बताइएको छ । संस्थानका विनियम स्वीकृत भएर नआएसम्म अहिले शाखाको जिम्मेवारीमा रहेका प्रमुखहरुको त्यहि पद हुने संस्थान केनिद्रय कार्यालयका कर्मचारी बताउछन् ।

गुठी सस्थानका प्रमुख प्रशासक चौधरीको व्यवस्थापन कमजोरीका कारण सञ्चालक सदस्य तथा कर्मचारीहरुलाई विश्वासमा लिने तथा समन्वय कायम गरि संस्थानको हितमा गर्नुपर्ने निर्णयहरु गर्न असक्षम भई सस्थानलाई अस्तव्यस्त बनाएको कर्मचारीहरुले आरोप लगाएका छन् ।

गुठि सस्थानका कर्मचारीहरुका अनुसार संस्थानको बोर्ड बैठकमा सरकारका प्रतिनिधिहरु आउनै छाडेका छन् । बोर्ड वैठकमा सरकारका तर्फबाट गृह, संस्कृत, कानुन मन्त्रालयका सहसचिब र भुमिसुधार बिभागका महानिर्देशक पदेन सदस्य रहने प्राबधान छ । यद्यपि संस्थाका प्रबक्ता सरोज थपलीयाले सरकारका प्रतिनीधीहरु बोर्ड बैठकमा नआउने नियत भन्दा पनि कार्यव्यस्थताले नआएको हुन सक्ने यस अघि नेपाल समाचारपत्रलाई जानकारी दिनुभएको थियो ।

आफ्ना प्रमुखले मन्त्रिपरिषदको निर्णय विपरित दोहोरो सुविधा लिएको भन्दै आलोजना गर्दै आएका गुठिसस्थानका कर्मचारीहरुले पछिल्लो समय संस्थान धरासायी हुदै गएको भन्दै तालुक अड्डा भुमिसुधार मन्त्रालयमा पटक पटक गुनासो गर्दा पनि सुनुवाई नभएको पनि बताएका छन् । दोहोरो सुविधा बारे मन्त्रीपरिषदको २०७२ माघ ८ को निर्णय विपरित हाल सम्म दोहोरो सुविधा उपयोग गरेको भन्दै कर्मचारीहरुले विरोध गरेका हुन ।

प्रतिक्रिया दिनुहोस्