डोटीमा बाख्रा बिमा कार्यक्रम सुरु, किसान खुशी



विमल विष्ट डोटी, ११ माघ ।
डोटी जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने दुई गाविस बाँझकाकनी र खातिवडामा बाख्रा बिमा कार्यक्रम सुरु भएको छ ।
सेवक नेपालको पोषण तथा खाद्य सुरक्षा परियोजना अन्तरगत दुई ओटा गाविसका २० ओटा कृषक समुहमा बाख्रा बिमा कार्यक्रम सुरु भएको सेवक नेपालका बरिष्ठ कृषी प्राबिधिक लालबहादुर भाटले बताउनु भयो ।

सोमबारदेखी सुरु भएको उक्त बाख्र बिमा कार्यक्रममा दुईवटै गाविसका गरी १ सय ५० बाख्राको बिमा गर्ने कार्य सम्पन्न भएको राष्ट्रिय बिमा कम्पनीका पशु तथा कृषि प्राबिधिक डम्मर ओझाले बताउनु भयो ।

पाँच दिनसम्म चल्ने उक्त बिमा कार्यक्रममा ५ सय बाख्राको बिमा गर्ने लक्ष्य रहेको ओझाले बताउनु भयो । कृषकले बाख्राको बिमा गरे बापत प्रत्येक बाख्राको बिमा कम्पनीलाई एक सय ५० रुपियाँसम्म बुझाउनु पर्ने हुन्छ ।

बिमा गरेका बाख्राहरु मरेको खण्डमा ९० प्रतिशत क्षेतिपुर्ति किसानले प्राप्त गर्ने सेवक नेपालका लालबहादुर भाटले बताउनु भयो । उहाँले भन्नु भयो, ‘बिमा गरेको बाख्रा मरेको खण्डमा सरकारले ७५ प्रतिशत र बिमा कम्पनीले १५ प्रतिशत गरी ९० प्रतिशत क्षेतिपुर्ति पाउने छन, बिमा गरेका बाख्राको कानमा ट्याक लगाउने काम भैरहेको छ ।’

कृषकलाई प्रोत्साहन गर्नका लागि नेपाल सरकारले बाख्रा बिमा कार्यक्रम सुरु गरेको हो । गएको केही हप्ता पहिले सो गाविसमा अज्ञात रोग फैलिएका कारण दर्जनौं बाख्रा मरेका थिए । बाख्राको बिमा कार्यक्रम सुरु भएपछि स्थानियबासी निकै खुशी हुनाको साथै धमाधम बाख्रा बिमा गर्न थालेको स्थानिय तेज डुम्रेलले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्