‘सातौँ जनसार्क सम्मेलन’ मङ्गलबारदेखि



काठमाडौं, ९ माघ ।
‘सातौँ जनसार्क सम्मेलन’ मंगलबारदेखि हुने भएको छ । प्रकृति मानव केन्द्रित जनआन्दोलनले गर्न लागिएको सो सम्मेलन दुई दिनसम्म चल्नेछ ।

नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का, भुटान र माल्दिभ्सबाट करिब दुई सय प्रतिनिधि सहभागी हुने उक्त सम्मेलनमा जलवायु परिवर्तनले वातावरणमा पारेको प्रभावका बारेमा छलफल हुने छ । कार्यक्रममा सहभागी राष्ट्रका प्रतिनिधिले आआफ्नो देशमा अहिले जलवायुले पारेको अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गर्ने छन् ।

अन्तर्राष्ट्रिय पर्यवेक्षकका रुपमा स्पेन, क्यानडा, संयुक्त राज्य अमेरिका, दक्षिण कोरिया, चीन र जापानका प्रतिनिधि पनि रहनेछन् ।

प्रतिक्रिया दिनुहोस्