५ डिजाइनरको सिर्जनामा फेसन सिक्रेट



उदाउँदै गरेका पाँच फेसन डिजाइनरले आठ विभिन्न चरणमा सिर्जना गर्ने विविध आकर्षक एवं सुन्दर डिजाइनका पहिरनले एउटै मञ्चमा आफ्नो प्रस्तुति प्रस्तुत गर्ने भएका छन् फेसन सिक्रेटको शीर्षकमा सञ्चालन हुने फेसन कार्यक्रममा। कार्यक्रममा रिया महर्जन, उत्कृष्ट खड्का, वंशी खड्का, अनिता लोहनी र सावना बेगमद्वारा डिजाइन गरिएका पहिरनको प्रस्तुति रहनेछ।

आगामी १४ फेबु्रअरी अर्थात् भ्यालेन्टाइन डेमा त्रिपुरेश्वरस्थित मुड्स लाउन्जमा यो प्रस्तुतिले आफ्नो यात्रा तय गर्नेछ। फेसन डिजाइनर काउन्सिल अफ नेपालको सहकार्यमा नेपाल इन्स्टिच्युट अफ फेसन, निफले आयोजना गर्ने यो फेसन कार्यक्रमका लागि हालै राजधानीमा मोडल अडिसन सञ्चानल भएको छ।

अडिसनमा कार्यक्रममा सहभागी हुन आकांक्षी महिला पुरुष गरी सयभन्दा बढी जनाले सहभागिता जनाएका थिए। व्यक्तित्व, र्याम्प वाक, आत्मविश्वास र प्रस्तुतिलाई विचार गरी उनीहरुमध्येबाट करिब तीन दर्जन मोडलहरु चयन गरिएको आयोजकले जनाएका छन्। अडिसन राउन्डमा फेसन कोरियोग्राफर एवं संचारकर्मी रोजिन शाक्य, मोडल दीपक घिमिरे, अभिनेता एवं मोडल निर्जन थापा, मिस पिंक एनी लामा, मोडल प्रितम कारन्जीत र कोरियोग्राफर प्रमोद वंशल निर्णायक रहेका थिए। फेसन सोका अलावा कार्यक्रममा गायन प्रस्तुति पनि रहने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्