फेरि जित तेरियाकै टेलिभिजनमा घोषणा आज



बुटवलकी प्रतिभाशाली तेरिया फौजा मगरले भारतको अर्को डान्सिङ रियालिटी सोको उपाधिलाई पनि आफ्नो बनाएकी छिन्। सन् २०१४ मा भारतीय टेलिभिजन च्यानल जी टिभीबाट प्रशारित डान्स रियालिटी सो डीआइडी३ को विजेता भएकी तेरिया अर्को रियालिटी सो झलक दिखलाजाको उपाधिसमेत जित्न सफल भएकी हुन्।

भारतीय वेब साइटहरुले जनाएअनुसार तेरियाले आफ्ना निकटम २ प्रतिस्पर्धीलाई पछाडि पार्दै सो उपाधि चुमेकी हुन्। तेरियाको स्पर्धा कोरियोग्राफर सलमान युसुफ खानसँग देखिए पनि जित भने तेरियाकै भएको समाचारमा उल्लेख छ। तेरियाले भोटिङको आधारमा उपाधि बनाएकी हुन्। प्रतिस्पर्धामा वल्र्ड क्लास हिपहप डान्सर सातनु सेकन्ड रनर्सअपमा सीमित भएको बलिउड लाइफ डट कमले जनाएको छ। झलक दिखलाजाको यो सो आज शनिबार बेलुकी कलर्स च्यानलबाट प्रशारण हुनेछ। शोमा फराह खान, सलमान खान र ज्याक्लिन फर्नाडिज निर्णायक रहेका थिए।

तेरिया पढाइमा समेत अब्बल छिन्। भर्सटाइल डान्सर बन्ने तेरियाको सपना छ।

प्रतिक्रिया दिनुहोस्