दुई मन्त्री थपिए



काठमाडौं, (नेस) ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रीमण्डल विस्तार गर्नुभएको छ। नवनियुक्त मन्त्रीहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार राष्ट्रपति कार्यालयमा आयोजित एक समारोहमा पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको थियो।

प्रधानमन्त्री दाहालले समाजवादी जनता दलका प्रेमबहादुर सिंहलाई खानेपानी तथा सरसफाइ तथा अखण्ड नेपाल पार्टीका कुमार खड्कालाई महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयको जिम्मेवारी दिनुभएको छ। मन्त्रीमण्डलमा दुई मन्त्री थपिएस“गै मन्त्रिपरिषद् ४३ सदस्यीय भएको छ।

प्रतिक्रिया दिनुहोस्