डलर भन्दै कागजको पोको दिई ४० लाख ठगी गरेर फरार सुष्मिता पक्राउ



काठमाडौं, ६ माघ ।
डलर साटी दिने भन्दै कागजको पोको दिई ४० लाख ठगीको अभियोगमा सिन्धुपाल्चोक नवलपुरकी सुष्मिता पोख्रेल पक्राउ परेकी छिन् ।

हाल कुलेश्वर बस्दै आएकी पोख्रेललाई ठगीको अभियोगमा बुधबार रत्नपार्कबाट प्रहरीले पक्राउ गरेको हो ।

पोख्रेलले रामेछाप कठजोर–१ का ३३ वर्षीय एक्काबहादुर दमाईलाई २०७३ असार महिनामा भक्तपुर चाँगुनाराणबाट डलर साटी दिने बहानामा कागजको पोको दिई नगद ४० लाख रुपियाँ ठगी गरी फरार रहेकी थिइन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्