इन्टरपोलको सम्मेलन सुरु, नयाँ अपराधले अप्ठेरो परेको भन्दै प्रधानमन्त्रीव्दारा सहयोग बढाउन आग्रह



ईश्वरराज ढकाल,
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ नयाँ अपराधका घटना बढेकोले चुनौति थपिएको बताउनुभएको छ ।
आजबाट राजधानीमा सुरु भएको इन्टरपोलको सम्मेलनमा प्रमुख अतिथीका रुपमा बोल्दै प्रधानमन्त्री प्रचण्डले संगठित अपराधका घटना बढेकोले सबैले सहकार्य गरेर यसको निरुपण गर्नुपर्ने समेत उल्लेख गर्नुभएको छ ।  अपराध न्यूनीकरणका लागि पनि सबैबीच आपसी सहयोगको जरुरी रहेको उहाँले बताउनुभयो ।
५५ देशका प्रहरी प्रमुखको सहभागिता रहेको कार्यक्रममा कुल २ सय जनाको उपस्थिति रहेको छ ।

प्रतिक्रिया दिनुहोस्