भारु सटहीबारे परराष्ट्रमन्त्रीले भारतसँग कुरा राखे



काठमाडौं,(नेस) । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले भारतमा प्रतिबन्धित भारु सटहीमा नेपालमा परेको समश्याका बारेमा भारतका अर्थमन्त्री अरुण जेट्ली र विदेश राज्यमन्त्री भीके सिंहसँग कुरा राख्नु भएको छ ।
उहाँलाई भारतीय पक्षले एउटा कार्यदल बनाएर समश्याको समाधान गर्ने आश्वासन दिएको बुझिएको छ । उहाँहरुसँग डा महतले मंगलबार कुराकानी गर्नुभएको थियो । भारतले त्यहाँको १ हजार र ५ सय दरका नोटमा केही अघि प्रतिबन्ध लगाएपछि सो दरका नोट हुने नेपाली सटही समश्या व्यहोर्दै आइरहेका छन् ।
(तस्वीरमा परराष्ट्रमन्त्री डा महत भारतका विदेश राज्यमन्त्री सिंहसँग । साथमा भारतकालागि नेपालका राजदूत दीपकुमार उपाध्याय । )

प्रतिक्रिया दिनुहोस्