साँढे आठ किलो चरेश सहित नागढुंगाबाट जुक्ते पक्राउ



काठमाडौं, ४ माघ ।

साँढे आठ किलो चरेश सहित बाग्लुङ अर्गल–४ का जुक्ते वनलाई प्रहरीले पक्राउ गरेको छ ।

पोखराबाट काठमाडौतर्फ आईरहेको ग.१ ख ३६७८ नम्बरको बसलाई मंगलबार नागढुंगा चेकपोष्टमा प्रहरीले चेकजाँच गर्दा वनले  झोलामा लुकाई छिपाई ल्याएको अवस्थामा उक्त लागूऔषध बरामद भएको हो ।

उनलाई पक्राउ गरी प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्