‘माया र मुस्कान’ सम्पन्न



काठमाडौं, (नेस)
बालबालिकालाई प्रोत्साहित गर्ने उद्देश्यले स्थापित सुनौलो हात नेपालले आफ्नो प्रथम कार्यक्रम माया र मुस्कान आयोजना गरेको छ। सहयोगी भेला नाम दिइएको सो कार्यक्रममा मेलबर्न सिड्नीको एभरेस्ट युनाइटेड क्लबले पठाएको १ लाख ६१ हजार १ सय रुपियाँ कीर्तिपुरमा रहेको एचआईभी एड्स संक्रमित बालबालिकालाई पढाइरहेको स्कुल बेबी लाइफ होमलाई हस्तान्तरण गरियो। सो स्कुलमा नर्सरीदेखि कक्षा ८ सम्म बालबालिकाहरूले पढाइ अघि बढाइरहेका छन्।

उक्त कार्यक्रमको उद्देश्यबारे राजन मास्केले स्पष्ट पार्नुभएको थियो भने सीई कन्स्ट्रक्सनले आर्थिक सहयोग हस्तान्तरण गरेको थियो। सोही अवसरमा सुरेश बस्नेत, दीपक वज्राचार्य र महेश स्वाँरले समेत आर्थिक सहयोग गर्नुभएको थियो। त्यस्तै सुरशाला आइडलका आयुश, मोनालिषा र आयुष्माले सांगीतिक प्रस्तुति गरेका थिए। कार्यक्रमको सञ्चालन सुनौलो नेपालका राजेन्द्र सलभले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्