ट्याक्सी पल्टिदाँ एकको मृत्यु, ७ घाइते



पाँचथर, (नेस)
ताप्लेजुङबाट झापा जाँदै गरेको ट्याक्सी शनिबार पाँचथरको फिदिम ३ लालीखर्कमा पल्टिदा एक व्यक्तिको मृत्यु भएको छ। घटनामा ७ जना घाइते भएका छन्।

मे१ज २५४६ नम्बरको सो ट्याक्सी पल्टिदा ताप्लेजुङ लिवाङ ८ का ५० वर्षीया नैनकला कार्कीको मृत्यु भएको हो। कार्कीलाई उपचारका लागि झापा लाने क्रममा इलाम पुग्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक विज्ञान बस्नेतले बताउनुभयो।

दुर्घटनामा घाइते हुनेमा ताप्लेजुङ नाङखोल्याङ–३ का चालक देवानदोर्जे तामाङ, ताप्लेजुङ लेलेप १ का रोशन लिम्बू मोरङ डाँगीहाट ४ का चुवन खडका, भावन्ने ४ का जीवन खड्का र पोष्टबहादुर खड्का, तेह्रथुम सोल्मा १ का सरोज खनाल र पाँचथर याङनाम १ का रुद्र लोवा लिम्बू रहेका छन्।

प्रतिक्रिया दिनुहोस्