प्रवल गुरुङले विज्ञप्ति निकाल्दै भने, घडी हराएको विषयमा अफवाह भो


काठमाडौं, २८ पुस ।
पूर्व प्रधानसेनापति छत्रमानसिंह गुरुङका छोरा प्रवल गुरूङले आफ्नो घडी हराएको बारेमा बिहिबार विज्ञप्ति निकाल्दै यस विषयमा विभिन्न अफवाह फैलिएको बताए ।

होटल र्‍याडिसनको चेन्जिङ रूममा गएको बेला ओखलढुंगाबाट निर्वाचित नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाको गोजीमा परेको उक्त घडी उहाँले आफूले थाहा पाए लगत्तै आफ्ना मित्र सीमान्त गुरूङलाई जानकारी गराइसकेको बताएका छन्

मिडियामा आए जसरी माननीय जूको नाम जोडिएकोमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।

‘यसबाट पर्न गएको भ्रम कसैमा नरहोस्। साथै माननीय खतिवडाज्यूको आत्मसम्मान तथा सामाजिक प्रतष्ठामा पर्न गएको चोट प्रति दुःख व्यक्त गर्दै सकारात्मक सहयोगको लागि सबैमा सादर अनुरोध गर्दछु,’ उनले जारी गरिको विज्ञप्तिमा भनिएको छ।
हेर्नुहोस् विज्ञप्तिः

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।