म्युजिक खबर अवार्डको मनोनयन सूचि सार्वजनिक


१३औं म्युजिक खबर म्युजिक अवार्डको उत्कृष्ट ५ मनोनयन सूची सार्वजनिक गरिएको छ।
राष्ट्रिय भावका गीत, पप, लोकदोहोरी, आधुनिक, फिल्मी गीत, कल्चरल गीतलगायत ३३ विधामा उत्कृष्ट ५ मनोनयन घोषणा गरेको हो। आयोजक मिडिया सोलुसनका अनुसार २०८१ वैशाखदेखि २०८२ असार मसान्तसम्म सार्वजनिक भएका गीत, संगीत र सिर्जनाबाट जुरी टिमको मूल्यांकनका आधारमा उत्कृष्ट ५ मनोनयन सूची छनोट गरिएको हो। भोटिङको ४० प्रतिशत र निर्णायक मण्डलको ६० प्रतिशत मतका आधारमा प्रत्येक विधाबाट एक विजेता चयन गरिने आयोजकले जनाएका छन्।

यसपटक राष्ट्रिय भावको गीत विधामा गोर्खाली हौ, राजनीति भनेको त, प्यारो नेपाल, हाम्रो देश र वीरताको देश उत्कृष्ट ५ मा परेका छन्। पप गायकतर्फ छिरिङ भुटिया, दुर्गेश थापा, प्रताप दास, रविन श्रेष्ठ र विनय कार्की क्षेत्री, पप गायिकामा आश्रा कु“वर, दुर्गा खरेल, समीक्षा अधिकारी, बबिना किरा“ती र एलिना चौहान, लोकदोहोरी गायकमा अर्जुन सापकोटा, खेम सेन्चुरी, चिज गुरुङ, आरके गुरुङ र सचिन भट्टराई, गायिकामा कविता खत्री, जुना श्रीष, दीपिका बयम्बु, लक्ष्मी आचार्य र सीता श्रेष्ठ, लोकगीतमा खोर्सानी डल्ले, रामारोशन ताल, मेरो दिन आउला, मेरो जस्तो रगत छैन र र वनको चरी, फिल्मी गीततर्पm गीतकारमा आनन्द अधिकारी, प्रभा बर्तौला, मुक्त उदास, श्रवण मुकारुङ र युवराज काफ्ले, संगीतकारमा कालीप्रसाद बा“स्कोटा, कृष्ण भारद्वाज, टंक बुढाथोकी, थानेश्वर गौतम र दीपक शर्मा, पाश्र्व गायकमा आ“शु लामा, थानेश्वर गौतम, सविन सुवेदी, सुजन चापागाईं र सुरज पण्डित तथा पाश्र्व गायिकामा झुमा लिम्बू, रचना रिमाल, रीता केसी, सुनिता थेगिम र समीक्षा अधिकारी मनोनयनमा परेका छन्।

त्यसैगरी आधुनिक गीततर्फ गायकमा प्रवीण बेडवाल, महेन्द्रराज बराल, राज सिग्देल, युवराज चौलागाईं र सुरेश लामा, गायिकामा गीता पाण्डे, तृप्ति खड्का, बानिका प्रधान, रचना रिमाल र सारिका घिमिरे, संगीतकारमा अनिश श्रेष्ठ, बीबी अनुरागी, लक्ष्मण पोखरेल, सरोज पोखरेल र शंकर थापा स्माइल प्रतिस्पर्धामा छन्।
अवार्ड समारोहमा दीर्घ साधना सम्मान, रजत सम्मान, दशकको सम्मान, युवा प्रतिभा सम्मान, डायस्पोरा सम्मान, संगीत पत्रकारिता सम्मान तथा बालप्रतिभा सम्मान गरिने अवार्डकी संयोजक सबिता पोखरेलले जानकारी गराइन्। अवार्ड समारोह म्युजिक खबरको प्रस्तुतिमा आगामी असार महिनामा राजधानीमा हुनेछ।