खोटाङका दुई पत्रकार पुरस्कृत

1.41k
Shares

खोटाङ ।

नेपाल पत्रकार महासङ् खोटाङले जिल्लामा क्रियाशील दुई जना पत्रकारलाई सनिबार पुरस्कृत गरेको । महासङ्घले आफ्नो बाहौ साधारणसभाको अवसरमा प्रभाब न्युज डटकमका सन्चालक उत्तम चौलागाईं र ईफोकस डटकमका सन्चालक राजन ठटाललाई जनही पाँच हजारका साथमा प्रमाण पत्र र दोसल्ला सहित पुरस्कृत गरेको हो ।

कान्तिपुर टेलिभिजनका जिल्ला सम्बाददाता समेत रहनुभएका चौलागाईं र एभिन्युज टेलिभिजनका सम्बाददाता ठटाललाई जिल्लामै रहेर समाज, देश तथा बिदेशमा रहेका नागरिकलाई सुसुचित गराउने कार्य गरेको भन्दै पुरस्कृत गरिएको महासङघले जनाएको छ । पत्रकारद्वयले जिल्लामा रहेर सदाचार र सुसस्कृत्युक्त समाज निर्माण गर्नमा समेत भुमिका निर्वाह गरेको जिल्ला अध्यक्ष हरिबोल आचार्यले उल्लेख गर्नुभएको छ ।

पत्रकार महासङघका पुर्व केन्द्रीय अध्यक्षद्वय सुरेस आचार्य र शिव गाउँले लगायतको उपस्थितिमा उद्घाटित कार्यक्रममा जिल्लाका पाँच अग्रज पत्रकारलाई सम्मान समेत गरिएको छ । जिल्लाका अग्रज पत्रकार स्वतन्त्र प्रेस सेनानी कृष्ण आचार्य, पुर्व अध्यक्षहरु डम्बरसिङ राई, दमन राई, दिलीप खत्री तथा अग्रज पत्रकार भिम राईलाई दोसल्ला तथा सम्मानपत्रले सम्मान गरेको हो ।