काठमाडौं ।
काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ अन्तर्गत बूढानीलकण्ठ–७ हेपाली हाइटस्थित बाल अस्पतालको नवनिर्मित पश्चिमतर्फको भवन आज हस्तान्तरण तथा उद्घाटन गरिएको छ।
समाजसेवी मीनबहादुर गुरुङ–सावित्री गुरुङ तथा पहलमान गुरुङ–सरला गुरुङद्वारा निर्माण गरिएको उक्त भवन जगत्गुरु शङ्कराचार्य श्री विधुशेखर भारतीले उद्घाटन गर्नुभयो। भाटभटेनी समूहले भवन निर्माणमा ७१ करोड रुपैयाँभन्दा बढी खर्च गरेको जनाएको छ।
कार्यक्रममा अस्पतालका अध्यक्ष प्राडा भगवान कोइरालाले संस्थाले गैरनाफामूलक रूपमा विशिष्टीकृत बाल स्वास्थ्य सेवा प्रदान गर्ने बताउनुभयो। अस्पतालले काठमाडौं उपत्यकासहित सातै प्रदेशमा बाल अस्पताल सञ्जाल विस्तार गर्ने लक्ष्य राखेको छ।











प्रतिक्रिया