काठमाडौं ।
नेपाली कांग्रेस का नेता शेखर कोइराला ले पार्टी केन्द्रीय कार्यसमिति विस्तार ‘बिना परामर्श’ गरिएको भन्दै असन्तुष्टि जनाएका छन्। उनले १९ जनाको मनोनयनले पार्टीको बृहत्तर एकतामा ठेस पुगेको बताएका हुन्।
कोइरालाले कांग्रेसभित्र गुट–उपगुट अन्त्य गर्दै सामूहिक भावना र साझा विचारका आधारमा अघि बढ्नुपर्ने आवश्यकता औंल्याए। आगामी स्थानीय तह र प्रदेश निर्वाचनमा नागरिकको भरोसा जित्न नसके कांग्रेसको औचित्यमाथि प्रश्न उठ्न सक्ने चेतावनी पनि उनले दिएका छन्।
उनले १४औं महाधिवेशनपछि नवीकरण तथा वितरण गरिएका क्रियाशील सदस्यताको आधारमा १५औं महाधिवेशनलाई ‘एकता महाधिवेशन’ का रूपमा सम्पन्न गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।












प्रतिक्रिया