काठमाडौं ।
एन्टोनियो गुटेरेसले मध्य पूर्वमा बढ्दो तनावप्रति गहिरो चिन्ता व्यक्त गर्दै अमेरिका र इजरायललाई इरानविरुद्धको सम्भावित युद्ध रोक्न आह्वान गर्नुभएको छ। साथै उहाँले इरानलाई आफ्ना छिमेकी मुलुकहरूमाथि आक्रमण नगर्न आग्रह गर्नुभयो।
महासचिव गुटेरेसले सबै पक्षलाई संयम अपनाउन र वार्तामार्फत समस्या समाधान गर्न जोड दिँदै युद्धले गम्भीर मानवीय संकट निम्त्याउन सक्ने चेतावनी दिनुभयो। उहाँका अनुसार यस्तो द्वन्द्वले विश्वव्यापी अर्थतन्त्रमा समेत नकारात्मक असर पार्न सक्छ।











प्रतिक्रिया