बिपी स्मृति सहकारी अस्पताललाई नयाँ ढंगले अगाडि बढाउने समय आएको छ : कांग्रेसका नेता शेखर कोइराला


काठमाडौं । 

नेपाली कांग्रेसका नेता शेखर कोइराला ले बिपी स्मृति सहकारी अस्पताललाई नयाँ ढंगले अगाडि बढाउने समय आएको बताएका छन्।

१८औँ वार्षिक साधारण सभामा बोल्दै उनले संस्थाभित्र आरोप–प्रत्यारोप गर्नुभन्दा मिलेर काम गर्नुपर्नेमा जोड दिए।

उनले १८ वर्षमा अपेक्षित प्रगति हुन नसकेको स्वीकार गर्दै अब दोषारोपण होइन, सुधारतर्फ ध्यान दिनुपर्ने बताए।

कार्यक्रममा अस्पतालका पूर्व अध्यक्ष केदार नर्सिङ केसी ले पनि संस्थालाई राजनीतिक दृष्टिले होइन, सामाजिक उत्तरदायित्वका साथ अघि बढाउन आग्रह गरे। उनले विगतका विवाद बिर्सेर एकजुट भई काम गरेमा संस्थाको भविष्य राम्रो हुने विश्वास व्यक्त गरे।