प्रदर्शनबाट पक्राउ ६ छुटे, बैंकिङ कसुरका फरार समातिए


काठमाडौँ ।

काठमाडौँमा नेकपा (एमाले) अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको पक्राउविरुद्ध भएको प्रदर्शनका क्रममा पक्राउ परेका एक जना व्यक्ति फरार प्रतिवादी रहेको खुलेको छ। शनिबार बबरमहलबाट पक्राउ परेका विमल धमला बैंकिङ कसुरसम्बन्धी दुई मुद्दामा फरार रहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

प्रहरीका अनुसार धमलालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको छ। उनले बबरमहलस्थित एक निजी स्कोर्पियो गाडीमा तोडफोड गर्ने प्रयास गरेको आरोप पनि छ। प्रदर्शनका क्रममा पक्राउ परेका अन्य ६ जनालाई भने रिहा गरिएको प्रहरीले जनाएको छ।