काठमाडौं ।
यही फागुन २१ गते बिहीबार प्रतिनिधिसभा निर्वाचनका दिन आन्तरिक तथा वाह्य दुवै हवाई उडान यथावत् सञ्चालन गर्न दिइने भएको छ ।
निर्वाचन आयोगले निर्वाचन सुरक्षा तथा मतदान प्रक्रियामा आवश्यक सहजीकरण सम्बन्धमा विभिन्न निर्णय गरेको छ । सोही क्रममा आयोगले गृह मन्त्रालयलाई पत्र लेख्दै हवाई उडान यथावत् सञ्चालनको वातावरण बनाउन भनेको हो । निर्णयअनुसार मतदानको दिन आन्तरिक र वाह्य उडान यथावत् सञ्चालन हुनेछन् ।
आन्तरिक र अन्तर्राष्ट्रिय उडानको टिकट भएका यात्रुलाई विमानस्थलदेखि घर÷बसोबास गर्ने होटलसम्म र बसोबास स्थलदेखि विमानस्थलसम्म यात्रा गर्दा निजी तथा सम्बन्धित एयरलाइन्सले उपलब्ध गराएको सवारीसाधन प्रयोग गर्न दिने व्यवस्था मिलाउनसमेत आयोगले गृह मन्त्रालयलाई भनेको छ ।
यसअघिका निर्वाचनमा आन्तरिक उडानका जहाज बन्द गर्ने प्रचलन थियो । सोहीअनुसार नेपाल पर्यटन बोर्डले ट्राभल एडभाइजरीसमेत जारी गरेको थियो ।











प्रतिक्रिया