राष्ट्रिय भजन प्रतियोगितामा रामजानकी प्रथम


हेटौंडा, (नेस)। चितवनको रत्ननगर–१५ स्थित माधवपुरमा राष्ट्रिय भजन तथा शंखवादन प्रतियोगिता सम्पन्न भएको छ।
प्रतियोगितामा शंखवादनतर्फ रोहण खनाल देवघाट प्रथम, सुमित घिमिरे देवघाट द्वितीय र परमेश्वर पोखरेल रत्ननगर तृतीय भएका छन्।

भजनतर्फ रामजानकी बालिका आश्रम देवघाट प्रथम, मगर भजन समूह सिन्धुली द्वितीय र ओमकारेश्वर भजन समूह तारकेश्वर काठमाडौं तृतीय भएका छन्। प्रतियोगितामा गणेश पाञ्चायन भजन समूह भरतपुर–२१ ले सान्त्वना पुरस्कार प्राप्त गरेको छ। प्रतियोगितामा ५ जिल्लाका १८ भजन टोली सहभागी थिए।

माधवपुर मठमन्दिर तथा धार्मिक संघसंस्था समन्वय समितिको आयोजना तथा वडा कार्यालय रत्ननगर–१५ को संरक्षणमा सम्पन्न प्रतियोगिताले धार्मिक पर्यटन र संस्कृतिको प्रवद्र्धनमा नया“ ऊर्जा थपेको छ।