काठमाडौं ।
‘देश बदल्ने’ उद्घोषसहित नयाँ नेतृत्व चयन गरेको नेपाली कांग्रेसले चुनावी प्रतिज्ञापत्रमा देश बदल्ने उद्घोषलाई चरितार्थ गर्ने प्रयास देखाइएको छ । कांग्रेस सभापति गगन थापाले दुई सय पेजको प्रतिज्ञापत्र सार्वजनिक गर्दै देश बदल्ने सूत्रसहितका महत्वपूर्ण बाचा योजना र कार्यान्वयन खाकासमेत प्रस्तुत गर्नुभएको छ ।
१० महत्वपूर्ण ‘भिजन’ समेटिएको कांग्रेसको सो प्रतिज्ञापत्रमा शासकीय चरित्रमा आमूल सुधार गर्ने प्रतिवद्धता जनाइएको छ । प्रतिज्ञापत्रमा भनिएको छ –‘हामी सधैं जनताको प्रश्न र निगरानीमै हुनेछौँ, भरोसा टुट्न दिने छैनौँ ।’ सभापति थापाले प्रतिज्ञापत्रमार्फत ‘बदलिएको कांग्रेस’ले सरकार सञ्चालन गर्ने अवसर पाएमा सिंहदरबारका बन्द कोठामा बसेर होइन, जनताको प्रश्न र निगरानीका बीचमा रहेर सरकार सञ्चालन गरिने उद्घोषसमेत गर्नुभएको छ ।
‘हामी प्रतिबद्ध छौँ–सरकारले पाँच वर्षपछि होइन, प्रत्येक महिना जनतालाई जवाफ दिने नवीन लोकतान्त्रिक अभ्यासको सुरुआत गर्नेछ’ भन्दै प्रतिज्ञापत्रमा कांग्रेसले सरकार गठन भएकै महिनादेखि महिनाको पहिलो दिन आगामी महिनाको कार्ययोजना र महिनाको अन्त्यमा उपलब्धिहरू सार्वजनिक गर्ने प्रतिवद्धता व्यक्त गरिएको छ ।
प्रतिज्ञापत्रमा भनिएको छ– ‘हामी प्रत्येक मन्त्रालयको नेतृत्वलाई यो प्रतिज्ञापत्रअनुरूप स्पष्ट कार्यादेश तोकेर हरेक महिना वस्तुगत ढङ्गले परीक्षण गर्नेछौँ । यसरी महिनाभरि प्राप्त भएका उपलब्धिहरू समेटेको ‘मासिक रिपोर्ट कार्ड’ देखाउने पद्धतिलाई हामी केन्द्रदेखि स्थानीय तहसम्मै संस्थागत गर्नेछौँ ।
हामी अबको पाँच वर्ष सरकार सञ्चालनमा नैतिकता र जवाफदेहिताको यही पद्धति अँगालेको गतिशील नेतृत्व दिनेछौँ । जनताको स्नेह र भरोसालाई कहिल्यै टुट्न दिने छैनौँ ।’
कांग्रेसले प्रतिज्ञापत्रमा समेटिएका योजनाहरूलाई कार्यान्वयन गर्ने खाका पनि सँगै ल्याएको छ । जसअनुसार कांग्रेस नेतृत्वको सरकार बनेका पहिलो वर्षभित्रै कार्यान्वयनको लागि साझेदारी ‘टिम नेपाल’ समेत गठन गरी संवैधानिक सुधार तथा संस्थागत सबलीकरण गर्दै नीतिगत र शासकीय सुधार तथा स्रोतको व्यवस्थापन गरिने उल्लेख छ ।
कांग्रेसको नेपाल बदल्ने १० ‘भिजन’
–सम्मानित भएर बाँच्न पाउने बनाइने
–नेपाललाई सपना देख्न सक्ने बनाइने
–सम्पत्ति र रोजगारी सिर्जनालाई प्रोत्साहन गरिने
–पेटभरि खुवाउने, देशलाई चिनाउने किसानको नेपाल बनाइने
–ओखती र ओत दिने
–छोराछोरी पढाउन आर्थिक भार नपर्ने
–बेथिति र हैरानीमुक्त, विधिको शासन
–मौलिकतामा गर्व गर्ने आधुनिक नेपाल
–विश्वले सम्मान गर्ने स्वाभिमानी नेपाल
–समुन्नतिमा लम्कने
प्रतिवद्धता : विगतका कुनै पनि कमीकमजोरी नदोहो¥याउने प्रतिवद्धता
प्रण :समुन्नत नेपालको ध्येयलाई पूरा गरेरै छोड्ने
जेन–जी आन्दोलनबारे कांग्रेस : जेन–जी विद्रोह सार्वजनिक संस्थाहरूको गिर्दा साख, व्याप्त कुशासन र भ्रष्टाचारविरुद्ध सुशासन र जवाफदेहीताको लागि भएको एउटा विष्फोट ।
जनआवाजको सम्मान गर्दै पूर्ण रूपान्तरण र सुशासनको संकल्प
नारा : बदलियो कांग्रेस : सम्हाल्छांै परिवेश र बदल्छौं देश
कांग्रेसको प्राथमिकता र प्रतिज्ञा यस्ता छन्
अबको नेपाल सुशासित
–हैरानीमुक्त नागरिक, भ्रष्टाचारमुक्त समाज र जवाफदेही सरकार
–२०४८ सालपछिका सार्वजनिक पदमा बसेकाको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय सम्पति छानबिन आयोग गठन
–नीतिगत भ्रष्टाचार र अनुचित कार्य नियन्त्रण
–दलीयकरणको अन्त्य ः नियुक्तिमा दलको होइन अब्बल मान्छे
–सुधारिने छ संस्था, फेरिने छ अवस्था
–अब्बल सार्वजनिक प्रशासनः एक वर्षभित्र सार्वजनिक सेवा ऐन
–फौजदारी अभियोगमा मुद्दा लागे जिम्मेवारी मुक्त
–शपथ लिनुपूर्व पद छाडेपछि सम्पत्ति सार्वजनिक अनिवार्य
–सार्वजनिक खरिदमा अनियमितताको अन्त्य
–सुशासन केन्द्रको स्थापना
–डिजिटल सार्वजनिक सेवा ः सातै दिन चौबिसै घण्टा सेवा
अर्थतन्त्र सुधारका लागि उदार, उत्पादनमुखी र न्यायमूलक अर्थतन्त्र
–उद्योग, निजी क्षेत्र र लगानी ः आर्थिक वृद्धिको इन्जिन
–जनताको भान्सा महंगीमुक्त
–उद्यमशीलता, पुँजीबजार र वित्तीय पहुँच
–व्यापार, प्रविधि र हरित अर्थतन्त्रमा जोड
–वित्तीय सुशासन र जवाफदेही सरकार
युवाशक्ति ः देशको मूल शक्ति
–दक्ष युवाको क्षमता सदुपयोग गर्न हामी
–आशालाई अवसरमा बदल्ने मिसन रोजगारी अभियान थालिने
–नीति निर्माणमा युवा साझेदारी ः नेपाल फेलोसिप कार्यक्रम
–सिपयुक्त फ्युचर रेडी युवा
–संस्कृति र खेलकुदमा युवा
रोजगारी सिप र श्रम
–५ वर्षमा १५ लाख रोजगारी
–श्रम बजारको उचित व्यवस्थापन
–डिग्रीसँगै सिपः पढाइसँगै कमाइ
वैदेशिक रोजगारीलाई व्यवस्थित बनाइने
–बाध्यात्मक होइन, स्वैच्छिक, जोखिमपूर्ण होइन सुरक्षित
–स्वदेशमै अवसर साथमा परिवार, विकल्पमा मात्रै वैदेशिक रोजगार
स्वास्थ्य
–सबैलाई स्वास्थ्य बिमा ः सबल स्वास्थ्य प्रणाली
–निशुल्क स्वास्थ्य सेवा ः नागरिकको हक
–सबै उपचार बिमाबाटै
–डिजिटल स्वास्थ्य
–स्थानीय तहबाट आधारभूत सेवा
–कडा रोगमा पूर्ण राहत
–३ वर्षमुनिका बालबालिका र ७३ वर्ष माथिकालाई जुनसुकै अस्पतालमा पनि निशुल्क उपचर
–समयमा औषधि, गुणस्तरीय परीक्षण
स्वास्थ्य जनशक्तिको प्रभावकारी व्यवस्थापन
–स्वास्थ्य महामारी समयमा नै तयारी
–पुग्दो र पोसिलो बाँडांै, कुपोषण कम गरौं
किसानको सम्मान ः कृषिको आधुनिकीकरण
–मेरो किसान मेरो अन्नदाता
–राष्ट्रिय सुरक्षाका लागि खाद्यन्न तथा पोषण सुरक्षा
–मलको सहज उपलब्धता
–किसान कल्याण समृद्धि कार्यक्रम
–कृषि क्षेत्रको व्यवसायीकरण र औद्योगिकीकरण
गरिबी निवारण कार्यक्रम
–गरिबीको अन्त्य, हाम्रो गन्तव्य
–गरिबीको पहिचान र लक्षित कार्यक्रम
–गरिबका सन्तानलाई उच्च शिक्षा र रोजगारी
–उत्पादनशील रोजगारी सिर्जना र आयवृद्धि
–भूमि र प्राकृतिक स्रोतमा गरिबको पहुँच
एकीकृत सामाजिक सुरक्षा ः कोखदेखि शोकसम्म
–जीवनचक्रमा आधारित सामाजिक सुरक्षा
दिगो भौतिक पूर्वाधार
–सुदृढ पूर्वाधार समुन्नतिको आधार
–प्रभावकारी आयोजना कार्यान्वयन
–पूर्वाधारमा पर्याप्त स्रोत ः लगानीबाट चलायमान अर्थतन्त्र
–रेलमार्गलाई प्राथमिकता
–काठमाडौं पोखरा लुम्बिनी विद्युतीय रेल
–एकीकृत स्वास्थ्य पूर्वाधार विकास परियोजना
–ढुुकुटीमा लुट बन्द, स्वास्थ्यमा समान प्रबन्ध
व्यवस्थित गाउँ सहर
–गाउँ सहर सम्बन्ध ः समृद्धिको नयाँ गन्तव्य
–एकीकृत पूर्वाधार विकास ः सडकमात्र होइन सेतु
–सहरको स्रोत र गाउँको श्रम ः सार्वजनिक निजी सहकारी साझेदारीको नयाँ नाम
–सहकारीमार्फत आर्थिक सशक्तीकरण
सिँचाइ ः
–हरेक घरमा पानी र समृद्धि साथसाथै
–सिँचाइ आयोजनामा नवीन प्रविधि प्रयोग
–जल सञ्चय र पर्वतीय क्षेत्रको संरक्षण
खानेपानी
–सफा पानी स्वास्थ्य जिन्दगानी
पर्याप्त ऊर्जा ः दिगो पूर्वाधार
–उज्यालोमात्रै होइन ः आर्थिक उपार्जन
–सेयरबाट स्वरोजगार
–डिजिटलरूपान्तरण
–समावेशी, सुरक्षित र डिजिटल नेपाल
–सञ्चार माध्यमको संस्थागत सुदृढीकरण
–हुलाकसेवालाई डिजिटल युगसँग जोड्ने
–गाउँदेखि विश्वसम्म सूचनामा समान अधिकार
दिगो पर्यटन विकास ः राष्ट्रिय अर्थतन्त्रको आधार
–वार्षिक ३० लाख पर्यटक
विपद् व्यवस्थापनमा प्रभावकारी कदम
–सामाजिक न्याय, समावेशिता र समावेशी विकास
–नेपाली डायस्पोराः अटुट सम्बन्ध र विस्तारित नेपाल
–भाषा साहित्य र संस्कृति आधुनिक नेपालका अमूल्य निधि
–खेलकुद क्षेत्रमा आमूल रूपान्तरण
–संविधानको संस्थागत विकास र संघीयताको सबलीकरण
योजना र कार्यक्रमको कार्यान्वयन खाका
–पहिलो वर्षभित्रै संवैधानिक सुधार र संस्थागत सबलीकरण
–नीतिगत र शासकीय सुधार
–स्रोतको व्यवस्थापन
–साझेदारी टिम नेपालमार्फत
–नागरिक सहभागिता र राष्ट्रिय पुनर्जागरण
–पारदर्शी र उत्तरदायी नेतृत्व
–मासिक रिपोर्टकार्डको जवाफदेही अभ्यास

देश बदल्ने प्रतिज्ञा गरेका छौं बदलेरै छोड्छांै : गगन थापा, सभापति कांग्रेस
देश बदल्नकै लागि यो प्रतिज्ञापत्र ल्याएका हौं । हामीले देश बदल्ने प्रतिज्ञा गरेका छौं । ‘जस्तोसुकै असहज परिस्थिति होस् । सरकार बसौंला वा प्रतिपक्षमा बसौंला, महलमा बसौंला वा सडकमा राजा जनकले जस्तै हामी कांग्रेस पनि आफ्नो प्रतिज्ञाबाट एक इन्च पर सर्नेवाला छैनौं । प्रतिज्ञा पत्रमा लेखिएको अक्षर अक्षर पार्टी सभापतिदेखि तल्लो तहको पार्टी सदस्यसम्मले पाँच वर्ष पालना गर्नेछन् ।











प्रतिक्रिया