कान्ये वेस्टले विज्ञापन नै छापेर मागे माफी


पपस्टार कान्ये वेस्टले विगतमा दिएका नाजीवादस“ग सम्बन्धित अभिव्यक्तिप्रति सार्वजनिक रूपमा माफी मागेका छन्। उनले हालै प्रकाशित वाल स्ट्रिट जर्नलमा पूरा पानाको विज्ञापनमार्फत आफ्नो धारणा स्पष्ट पारेका हुन्।

ग्रामी अवार्ड विजेता गायक वेस्टले उक्त विज्ञापनमा लामो आत्मस्वीकारोक्ति लेख्दै पछिल्ला वर्षमा सामाजिक सञ्जालमा यहुदी समुदायविरुद्ध दिएका अभिव्यक्ति र नाजी विचारधाराप्रति देखाएको समर्थनप्रति गहिरो पश्चात्ताप व्यक्त गरेका छन्। उनले आफ्नो पत्र सन् २००२ मा भएको एक गम्भीर कार दुर्घटनाबाट सुरु गरेका छन्। सो दुर्घटनामा टाउकाको अघिल्लो भागमा चोट लागेको र त्यसपछि आफूमा बाइपोलर टाइप–१ नामक मानसिक समस्या देखा परेको उनको भनाइ छ।

त्यही मानसिक अवस्थाको प्रभावमा आफू अत्यन्त आवेगशील बनेको र त्यसक्रममा विनाशकारी प्रतीकहरूतर्फ आकर्षित भएको उनले स्वीकार गरेका छन्। वास्तविकताबाट टाढि“दै जा“दा आफूले बोलेका र गरेका धेरै कुरा अहिले सम्झ“दा नै पीडादायी लाग्ने उनले उल्लेख गरेका छन्।

पावर, आई लभ कान्येजस्ता चर्चित गीतका ४८ वर्षीय गायक लामो समयदेखि विवादमा रह“दै आएका छन्। विशेषगरी सन् २०२२ पछि उनले ह्वाइट सुप्रिमेसी समर्थन गर्ने, हिटलरको प्रशंसा गर्ने तथा यहुदी समुदायलाई लक्षित अभिव्यक्ति दिएपछि उनको व्यापक आलोचना भएको थियो।

यसले व्यावसायिक जीवनमा गम्भीर असर पारे पनि उनले विवादास्पद गतिविधि रोक्न सकेनन्। सन् २०२५ मा नाजी चिन्ह अंकित टिसर्ट बिक्री गर्नु र हेल हिटलर शीर्षकको गीत सार्वजनिक गर्नुले विवाद झन् चर्काएको थियो। एक मुद्दामा उनले यहुदी कर्मचारीस“ग आफूलाई नाजीको रूपमा तुलना गरेको आरोप पनि लागेको थियो।

आफ्ना नजिकका मानिसहरूप्रति गलत व्यवहार गरेको स्वीकार गर्दै वेस्टले उनीहरूलाई डर, अपमान र अन्यौलमा पारेकामा क्षमा मागेका छन्। अहिले फर्केर हेर्दा आफू आफ्नै वास्तविक स्वभावबाट धेरै टाढा पुगेको महसुस भएको उनको भनाइ छ। मानसिक समस्याका कारण धेरै गलत निर्णय भएका र कतिपय घटना अहिले स्मरणसमेत नभएको उनले विज्ञापनमा जनाएका छन्। आफू न नाजी न त यहुदीविरोधी भएको दाबी गर्दै उनले अब उपचारमा लाग्ने, जिम्मेवारी स्वीकार गर्ने र आत्मसुधारको बाटो रोज्ने प्रतिबद्धता जनाएका छन्। यसै क्रममा उनले अश्वेत समुदायस“ग पनि माफी माग्दै त्यो समुदाय नै आफ्नो पहिचानको आधार भएको उल्लेख गरेका छन्।

गत वर्ष केही महिनासम्म आफू अत्यन्त अस्थिर मानसिक अवस्थामा रहेको, शंका गर्ने, आवेगमा आउने र अस्वाभाविक व्यवहार देखाउने समस्या देखिएको उनले जनाएका छन्। त्यो समय जीवनप्रति नै निराशा पैदा भएको अनुभवसमेत उनले साझा गरेका छन्। उनका अनुसार जीवनको सबैभन्दा कठिन घडीमा पत्नी बियान्का सेन्सरीको साथले उपचार खोज्न प्रेरित ग¥यो। साथै, रेडिटजस्ता अनलाइन प्लेटफर्ममार्फत अन्य मानिसका अनुभव पढेर पनि आफूलाई केही शान्ति मिलेको उनले बताएका छन्।

हाल औषधी, थेरापी, नियमित कसरत र व्यवस्थित जीवनशैलीमार्फत आप्mनो सोच स्पष्ट बनाउ“दै अघि बढिरहेको उनले जनाएका छन्। अब आफ्नो ध्यान संगीत, फेसन र व्यवसायमार्फत समाजका लागि सकारात्मक र अर्थपूर्ण योगदान दिन केन्द्रित भएको उनको भनाइ छ। ‘म सहानुभूति जुटाउनका लागि होइन, आफूलाई सुधार्ने प्रयासमा छु। त्यस यात्रामा तपाईंहरूको धैर्यता र केही क्षमाको अपेक्षा मात्र गरेको हु“’ वेस्टले अन्त्यमा उल्लेख गरेका छन्।