निर्वाचनपछि नेकपा पहिलो शक्ति बन्ने सापकोटाको दाबी


काठमाडौँ ।

अग्निप्रसाद सापकोटाले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मुलुकको पहिलो शक्तिका रूपमा उदय हुने दाबी गर्नुभएको छ।

मंगलवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले देशभरबाट प्राप्त रिपोर्टका आधारमा नेकपा पहिलो बन्ने निश्चित भएको बताउनुभयो।

आगामी फागुन २१ गते देशभर प्रतिनिधि सभा सदस्य निर्वाचन हुँदैछ। सोही निर्वाचनमार्फत नेकपा देशकै सबैभन्दा ठूलो शक्ति बन्ने उहाँको दाबी छ।