काठमाडौँ।
काठमाडौँ महानगरपालिकाको संयोजनमा उपत्यकामा रात्रिकालीन बस सेवा सुरु गरिएको छ । महानगरसहित विभिन्न पालिका र साझा यातायातको सहकार्यमा सेवा सञ्चालनमा आएको हो ।
अब राति ८ बजेदेखि ११ बजेसम्म बस सञ्चालन हुनेछन् । लगनखेलदेखि बुढानीलकण्ठ र थानकोटदेखि अन्तर्राष्ट्रिय विमानस्थलसम्म दुई रुटमा सेवा सञ्चालन गरिएको छ ।
यी रुटमा चारवटा विद्युतीय बस चल्नेछन् र हरेक २० मिनेटमा बस स्टपमा पुग्ने व्यवस्था गरिएको छ ।











प्रतिक्रिया