काठमाडौं ।
भारत सरकारले आगामी आर्थिक वर्ष २०२६/०२७ मा नेपाललाई ७ सय करोड भारतीय रुपैयाँ अर्थात करिब १२ अर्ब ८० करोड नेपाली रुपैयाँ बराबरको अनुदान उपलब्ध गराउने भएको छ।
आइतबार भारतीय अर्थमन्त्री निर्मला सीतारमणले संसद्मा प्रस्तुत गरेको वार्षिक बजेटमा उक्त अनुदानको व्यवस्था गरिएको उल्लेख छ। चालु आर्थिक वर्षमा भने भारतले नेपाललाई ७ सय ३० करोड भारतीय रुपैयाँ अनुदान दिने संशोधित अनुमान गरिएको छ।
भारतले दक्षिण एशियाली मुलुकहरूमध्ये सबैभन्दा बढी भुटानलाई २ हजार २ सय ८८ करोड भारतीय रुपैयाँ अनुदान उपलब्ध गराउने जनाएको छ। पाकिस्तानबाहेक भारतले नेपालसहित अन्य सबै दक्षिण एशियाली देशलाई अनुदान दिँदै आएको छ।











प्रतिक्रिया